प्रशासनको सेवा गर्ने शैलीप्रति नागरिक उत्साहित


जुम्ला ः प्रशासन कार्यालय जुम्लाको सेवा गर्ने शैली प्रति नागरिक उत्साहित भएका छन । प्रशासनले बिपन्नलाई जाडोबाटबचाउनका लागी थालेको न्यानो कपडा वितरण कार्यप्रति बिपन्न नागरिक उत्साहित भएका हुन । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको नेतृत्वको सरोकारवालाको टोलीले हिमपात तथा अत्याधिक जाडोवाट बचाउन न्यानो कपडा वितरण गरिएको हो ।

विपद पूर्व तयारी स्वरुप तातोपानी गाउपालिका क्षेत्रमै पुगेर न्यानो कपडा कम्बल ज्याकेट दिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने जुम्लाको माइनस डिग्रीको चिसोमा दैनिकी विताउदै आएका यहाँका नागरिकलाई प्रशासन कार्यालयले उपलब्ध गराएको न्यानो कपडाले राहत मिल्ने छ । उनले भने,‘स्थानीय प्रशासन विपन्न नागरिकका लागि संवदेनशिल छ र बिपन्न नागरिकले थोरै भएपनि सरकारकार पुगेको महशुस गर्ने छन । प्रशासनले मात्रै होईन अव यस्ता कार्यक्रम स्थानीय सरकारले पनि गर्न जरुरी छ ।

विपन्न नागरिकको गाँसबास कपासको ग्यारेन्टी स्थानिय सरकारको पनि दायित्व हो । एक छाक खान एक सरो कपडा किनेर लगाउन सक्ने अवस्था नभएकाको लागी स्थानिय प्रशासनले दायित्व बोध गरेको छ । चिसो मौसममा न्यानो गर्नका लागी कपडाको जोहो गर्न नसक्ने नागरिकका लागी कम्वल र ज्याकेट दिनु राम्रो कार्य हो । ’प्रमुख जिल्ला अधिकारी थापाले प्रशासनले कठयांग्रिदो जाडोमा थुरथुर काँपेर रात विताउन बाध्य नागरिकका लागी न्यानो कम्बल र जकेट दिएर राहतको अनुभुति दिलाएको बताए । जिल्ला प्रशासन कार्यालय जुम्लाले विपद कोषबाट विपन्न नागरिकका लागि कम्वल र ज्याकेट वितरण गरेको हो ।

त्यस्तै जिल्ला प्रहरी कर्यालयमा प्रमुख माधव काफ्लेले भने ,जसलाई राज्यको सहयोग आवश्यकता छ । उनीहरुको लागी उपलब्ध गरीएको न्यानो कपडा बितरणको कार्य प्रशंसा योग्य छ । उनले थपे,‘ अव सरकारले मात्रै सम्भव हुदैन । नागरिक स्तरबाटै सहयोगी भावना जागृत हुनुपर्छ । नागरिक नागरिकबीच हुनेले नहुनेलाई साथ दिने कार्यको थालनी जरुरी छ ।यो

बेला सहयोगी भावनाको जरुरत छ । बिहीबार प्रशासनले तातापानी गाउपालिकाका १६ विपन्न नागरिकलाई गाउँमै पुगेर न्यायो दिइएका छ ।प्रशासनले चिसो मौसमलाई मध्यनजर गरी थालेको न्यानो कपडा बितरण कार्यले नागरिक हर्षित भएका छन। प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा,सशस्त्र प्रहरीका डिएसपी गगन श्रेष्ठ,नेपाल प्रहरीका डिएसपी माधवप्रसाद काफ्ले, प्रहरी अनुसन्धानका प्रमुख संखर केसी ,स्थानियतहका जनप्रतिनिधि, नन्दबक्स गण लगायतको सरोकारवालाको टोलीले विपन्न नागरिकलाई राहतस्वरुप न्यानो कपडा हस्तान्तरण गरेका छन । न्यायो कपडा पाउदा निकै खुसि भएको प्रतिक्रिया विपन्न नागरिकले दिएका छन ।