ओली समुह भित्रको तानाशाह धेरै दिन टिक्दैन ः संसद महत


दिलमाया शाही
्जुम्ला ः प्रतिनिधिसभाका सांसद गजेन्द्रबहादुर महतले ओली समुहको तानाशाह धेरै दिन नटिक्ने बताए । नेकपा पातारासी गाउपालिकामा आयोजना भएको संसद बिघटनका बिरुद्धको बिरोध सभामा उनले यस्तो बताएका हुन । उनले भने ,आलीको तानाशाह जनताले तानेर फाल्ने छन । उनले भने ओलीले गरिब निमुखा जनताको संबिधानलाई कु गरेका छन। प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले ’प्रधानमन्त्री केपी ओलीले आफ्नो व्यक्तिगत स्वार्थको लागि असंवैधानिक कदम चालेको बताए । उनले भने ,अहिले कम्युनिस्ट आन्दोलनको लागि तानाशाही र निरङ्कुश बने केपी उनले भने, ’अब जनता आन्दोलनमा आयर त्यस्ता व्यक्तिलाई तानेर फाल्छन्।’ उनको तानाशाह धेरै दिन टिक्ने छैन। ’प्रधानमन्त्री ओलीले जन्ताले निर्माण गरेको संविधान च्यातेर फाले,हामीलाई त्यो जस्तो दुःखदायी कुरा अरू केही हुदैन।’ उनले भने, ’ओलीको असंवैधानिक कदमविरुद्ध हामी एकढिक्का भएर लाग्नुपर्छ।’ संसद महतले , ओलीले राजा महाराजा जस्तै शैली अपनाएको दाबी गरे। ओलीले संविधानमाथि गरेको प्रहार विरुद्ध दृढतापूर्वक लाग्न समेत आग्रह गरे।
ओली समुह सानो भन्दा सानो चोइटा मात्र हो ः जिल्ला अध्यक्ष कुवर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जुम्ला जिल्ला अध्यक्ष बिरबाहदुर कुवरले भने प्रधानमन्त्री केपी शर्मा ओलीको समुह नेकपाको सानो भन्दा सानो एक चोइटा मात्र हो । बहुमतको नेकपा हामी यही छौ। उनले ओली प्रतिक्रियावादी शक्तिको एजेन्ट भएको आरोप लगाएका छन्। उनले ओली समूह चेटिएर गएकोमा निराश नहुन जनताले आग्रह गरे । अध्यक्ष कुवरले उनले प्रचण्ड–नेपाल समूहको नेकपा नै आधिकारिक भएको दाबी गरे । उनले भने ,रुखबाट पनि केही चोइटा जान्छ,तर हामी चोइटाको पछि लाग्नु हुदैन ।

’त्यस्तै जुम्ला प्रदेश क्षेत्र (ख) का सांसद पदम रोकायाले भने ‘ओलीको प्रत्येक निर्णय संविधान र कानुनमा हुनुपर्छ। तर, उनले संविधान मिचेर अघि बढ्न खोजे। उनले नेकपाभित्र ओलीतन्त्र चल्न थालेपछि समस्या भएको आरोप लगाएका छन्। ‘पार्टीभित्र ओलीतन्त्र चल्न थालेपछि समस्या भइरह्यो। उनकै कारणले पार्टी विधि र विधान विपरित चल्न थालेपछि अन्तरसंघर्ष सुरु भएको थियो,’ । उनले भने, ‘कम्युनिस्ट पार्टीमा बहस र विवाद हुनु स्वभाविक हो। अरु पार्टीभित्र पनि बहस विवाद हुन्छ।’ उनले ओली असक्षम र निरङ्कुश नेताको रुपमा परिचित भइसकेको दाबी गरे।

त्यस्तै नेकपा कर्णाली प्रदेश कमिटिका सदस्य पुर्ण धितालले भने ‘केपी ओली असक्षम नेता ठहरिसके । उनले संविधानलाई निमोठेर मात्रै काम गरे यो कार्य हामी सहदैनौ , उनले भने, ओलीको कदम असंवैधानिक मात्रै नभएर अलोकतान्त्रिक पनि हो।’ धितालले भने प्रधानमन्त्री ओलीको कदमले नेपालमा अस्थिरता फर्कने चिन्ता भएको छ उनले ओली प्रतिक्रियावादीहरुको एजेन्ट, प्रतिक्रान्तिको नायक भएको आरोप लगाए।

त्यस्तै अर्का प्रदेश कमिटिका देवीलाल थापाले केन्द्रीय कमिटीको बैठकले बहुमतका साथ निर्णय गरेको भएकाले आधिकारिक नेकपा आफूहरु भएको जिकिर गरे। उनले भने, ‘हामीसँग स्पष्ट बहुमत छ। सबै प्रदेश र जिल्ला कमिटीमा धेरै बहुमत छ।’उनले आफ्नो पक्षमा प्रतिनिधिसभा विघटनको मुद्दामा आफ्नो पक्षमा निर्णय आउने बताए। उनले भने यदि न्यायलय पनि केपीले किनेको भय जन्ताले हामीलाई जिताउने छन । यदि ‘संविधानको धारालाई टेकेर आयोग र अदालतले निर्णय गर्नुपर्छ भने , हाम्रो पक्षमा निर्णय आउने पक्का छ।’ ओलीको कदम विरुद्ध सडक आन्दोलनमा गरिरहेको बताए। ओलीको असंवैधानिक कदम जनताको बिषय पनि भएकाले हामीले जनआन्दोलन चलाएको जुम्ला पातारासीका नागरिकलेबताएका छन।