सूचनाको हक सुनिश्चित गर्दै, जुम्ला प्रशासन

जुम्ला ः जुम्लाका नागरिकलाई सूचनाको हकको प्रत्याभूति गर्न जिल्ला प्रशासन कार्यालय जुम्लाले सुचना अधिकारी तोकेको छ । नेपालको संविधान धारा २७ बमोजिम सूचनाको हकको नागरिकलाई प्रत्याभूति गराउन प्रशासनले सुचना अधिकारी तोकेको बताएको छ । प्रशासने तोकेका सुचना अधिकारीले जुम्लाका नागरिकलाई सूचना माग्न र पाउने हक सुनिश्चित गर्ने बिश्वास गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।उनले भने ,अबका दिनमा जिल्ला स्थित सरकारी कार्यालयहरुको बारेमा जानकारी प्रदान गर्न नागरिकलाई सहज हुने छ । उनले थपे प्रशासनले जुम्ला जिल्लाका सरकारी कार्यालयमा सूचना अधिकारी तोक्ने बिषयमा निणार्य गरिएको थियो ।
प्रशासनले सार्वजनिक गरेको सुचनामा कार्यालयको फोन सूचना अधिकारीको फोन र ईमेल ठेगाना समेत उल्लेख गरिएको छ । जिल्लाका सबै कार्यालयमा सुचना अधिकारी तोकीए पछि सुचना माग्नका लागी नागरिकलाई कुनै झनझट हुने छैन । जिल्ला प्रशासन कार्यालय जुम्लाले नागरिकले पाउने सुचनाको हक सुनिश्चित गर्न सबै कार्यालयलाई सुचना अधिकारीको अफिसेली फोन सेवाको ब्यवस्था गर्न ताकेता गरेको हो ।
यस अघि तोकीएको सुचना अधिकारीको फोन ब्यक्तिगत्त थियो । यसले गार्दा ब्यक्ति सरुवा हुदा सुचना माग्न कठिन अबस्था थियो । ्अब कुनै पनि सुचाना अधिकारी अर्को ठाउमा गएको खण्डमा ओर्को आउने सुचना अधिकारीले त्यो फोन प्रयोग गर्ने ब्यवस्था गरिएको छ ।
बिभिन्न कार्यालयका सुचनमा अधिकारीको नाम यसमा उल्लेख गरिएको छ । जसमा जिल्ला प्रशासन कार्यालयका नन्दराम चौलागाई ,तिला गाउँपालिका का जगत्त बहादुर बस्नेत ,डिभिजन वन कार्यालयका चित्रण शर्मा , चन्दननाथ नगरपालिका बिकल बुढ्थापा , कृषि विकास कार्यालयका कमला थापा ,प्रदेश लेखा एकाइका बिश्वराज खत्री , यातायात कार्यालय लोक बहादुर महत , कारागार कार्यालयका टिकालक्ष्मी शाही ,सामाजिक विकास कार्यालयका टंकराज न्यौपाने , लगायतका ब्यक्तिलाई सुचना अधिकारी तोकिएको छ । कार्यालयको नाम सूचना अधिकारीको फोन नम्बर इमेल ठेगाना तल उल्लेख गरिएको छ । 









