जुम्लामा ओलीको बिरोध स्वरुप मोटरसाइकल ¥याली (फोटो फिचर)

जुम्ला ः जुम्लामा केपी शर्मा ओली बिरुद्ध मोटरसाइकल ¥याली प्रदर्शन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले जुम्लाको सदरमुकाम खलंगा हुदै नाग्मा बजार सम्मा संसद विघटन विरुद्ध मोटरसाइकल ¥याली प्रदर्शन गरेका हुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदम राष्ट घति भएको भन्दै ,बिरोधमा उत्तिएको नेकपा कर्णाली प्रदेश कमिटिकी सदस्य पुर्णप्रसाद धिताले बताए । जुम्लाका अगुवा कार्यकर्ताले प्रधानमन्त्रीको असंवैधानिक भएको कदमको बिरोध गर्न बाध्य भएको बताएका छन ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले संसद् विघटन विरुद्धको चर्कोआन्दोलन शुरु भएको बताएका छन । जुम्लामा कार्यरत्त प्रचण्ड–माधव समुहका शीर्ष नेता तथा कार्यकर्ता लगायतले संसद् विघटन विरुद्धमा मोटरसाइकल ¥याली शुरु गरेका हुन्।

नेताहरुले ‘प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम खारेज होस , ‘हामी यहाँ छौँ’ भन्ने नारा लेखिएका प्लाकार्ड र झण्डा सहितको मोटरसाइकल ¥याली निकालेका हुन । मोटरसाइकल ¥यालीमा जुम्लाका नेता कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए। प्रधानमन्त्रीको असंवैधानिक भएको कदमको बिरुद्ध जुम्ला लगायत कर्णाली प्रदेश भरी दिनप्रतिदिन अन्दोलनका कार्यक्रम हुदै आएका छन।