जुम्लाका महिलाले गरे, देउडा गितबाटै ओलीको बिरोध (फोटो फिचर)

दिलमाया शाही
जुम्ला ः हिमाली जिल्ला जुम्लाको ग्रमिण भेगका महिलाले केपी शर्मा ओली बिरुद्ध शक्ति प्रदर्शन गरेका छन । पातारासी गाउपालिका भरीका महिलाले देउडा गितमार्फत पहिलो पटक बिरोध गरेका हुन । महिलाले केपी ओली तेरो ठेगान छैन आज भोली जस्ता टुक्रा रचेर डेउडा प्रदर्शन गरेका थिए । प्राय महिलाहरू दूधे बालक च्यापेर सहभागी भएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको कदम राष्ट घति भएको भन्दै ,बिरोधमा उत्तिएको नेकपा कर्णाली प्रदेश कमिटिकी सदस्य माया देवी बोहोराले बताइन । उनले भनिन, प्रधान मन्त्री केपीओलीले गरिब जन्ताको पसिन र सहिदको रगत्तले लेखिएको संविधानको अपमान गरेका छन ।

कार्यक्रममा अधिकांश वक्ताले ’ केपी ओलीले राष्ट्र घातकाे कदम चालेकोले देश बचाउनका लागी यस्तो बिरोध गरेको बताएका छन। नेकपा पातारासी गाउपालिका स्तरको गाउकमिटिले आयोजना गरको अगुवा कार्यकर्ता भेलाको कार्यक्रममा प्रधानमन्त्रीको कदम असंवैधानिक भएको बिरोध गरेका छन।
राज्यको ३३ प्रतिशत अधिकारमा सन्तुष्ट छैनन् महिला

नेकपा कर्णाली प्रदेश कमिटिकी सदस्य माया देवी बोहोराले भन्छिन राज्यले ३३ प्रतिशत महिला सहभागीताको ब्यवस्था गरको छ। तर हामीलाई ५० प्रतिशत हुनु पर्छ । उनले भनिन,स्थानिय तहमा महिला जनप्रतिनिधि छन तर उनिहरु आफ्नै भूमिकाप्रति सन्तुष्ट छैनन्। निर्वाचन भएको तीन वर्षभन्दा बढी बितिसक्दा समेत महिला जनप्रतिनिधिले कानुनी अधिकार कार्यान्वयन भएको छैन ।उनले भनिन ,कुरा त्यतिमात्रै होइन कानुनमा दलित महिला प्रतिनिधि राख्नुपर्ने प्रावधानलाई पालना गरेको देखीएकी छैन ।

दलित महिलाको लागी बनेको ब्यस्था देखाउन मात्रै हो ,त स्थानिय तहमा निर्वाचित भएका महिला जनप्रतिनिधी आफै पिडित छन । महिला ‘हामी आफैंले पनि आफ्नो जिम्मेवारी माग्न सकेका छैनौ । महिलाको जिवनस्तर सुधार आउला भनेर प्रत्येक स्थानिय तहमा महिला उपाध्यक्षको ब्यवस्था छ । तर अझै पनि महिलाको कुरा सुनुवाइ भएको छैन । महिला नेतृत्व सक्षम बनाउन शिक्षा, स्वास्थ्य रोजगारी जस्ता कुराको वस्थापन गर्न आबश्यक छ ।

सम्बन्धित समाचार