कुरीतिसंग लड्दै जुम्ली महिला

दिलमाया शाही
जुम्ला ः पछिल्लो समयमा जुम्लाका महिला कुरीति संग लडन थालेका छन । वषौ देखी जरागाडेर बसेको छाउपडी ,बालविवाहा , बोक्सी प्रथा जस्ता कुरीति संग लड्न थालेका हुन । त्यस्तै ए उदारण हुन जुम्ला कनकासुन्दरी गाउँपालिका ६ की एकमाया हमाल , उनि बालविवाहविरुद्धको अभियानमा निरन्तर लागी रहेकी छन । उनले भनिन् बालविवाह गर्दा स्वास्थ्यमा पर्ने असरका बारेमा गाउगाउमा सचेताना दिने काम भएको छ । उनी भन्छीन यस अघि सबै किशोरीले बालविवाहाले जीवनमा भोग्नु पर्ने समस्याका बारेमा सचेतना पाएको भए कलिलै उमेरमा आमा बन्न नसकेर मर्नु पर्ने आबस्था आउने थिएन होला ्।
यसका लागी म महिनामा एक दिन बालविवाह जस्ता समाजमा हुने सबै प्रकारका कुरीति अन्त्य गर्नकै लागि गाउठाउमा जाने गरेकी छु । उनले भनिन, अझै पनि गाउँगाउमा कुरीतिका कारण हिंसा फैलंदो अवस्थामा छ। समाज परिवर्तित गर्नका लागी समयको वेगसंगै हाम्रो मानसिकतामा पनि परिवर्तन गर्न जरुरी छ। जब सम्म हामी महिलाले समाजले जन्माएका नकरात्मक पाटा तथा अलेखित कानुन पन्छाउन सक्दैनौ तब सम्म हामी माथीको हिंसा न्युनिकरण हुने देखीदैन ।
कुरीतिविरुद्धको अभियान चलाउदै महिला
एकमाया एक उदाहरण मात्र हुन्। अहिले कनकासुन्दरी गाउँपालिकामा उनी जस्तै महिलाले १ सय ११ समूह बनाएर कुरीतिविरुद्धको अभियान नै चलाउदै आएका छन्। पहिले चुलो चौखोमा सिमित हुने महिला अहिले अन्यायपूर्ण क्रियाकलापका विरुद्धमा आवाज उठाउन थालेका छन । गाउँमा सभा सम्मेलन हुँदा परिचय दिन कठिन हुन्थ्यो, हमालले भनिन , अहिले निर्धक्क भएर परिचय दिन्छौँ। समूहमा नियमित बैठक बस्छौँ। यहाँका महिलाको अहिले साहस बढेको छ।’महिला सक्रिय हुने हो भने गाउँभित्र हुने विकृतिजन्य क्रियाकलाप हट्दै जान थालेका छन् । महिला एक जुट हुन जरुरी छ । एकता नै बल हो भन्ने सन्देश प्रवाह गर्न हामी महिलाले आबश्यक छ । , एकमाया भन्छिन्,‘पुरुष प्रधान समाज महिलाको एकताले झस्किदै जान थालेको छ।’
महिला माथि गर्ने अन्यायका बारेमा वकालत गर्दै ,
महिला पुरुषले महिला माथि गर्ने अन्यायका बारेमा मात्र वकालत गर्न सक्नु पर्छ ्। हमालले भनिन, महिलाले महिला माथि गर्ने अन्यायको बारेमा समेत आवाज उठाउने छौ ्। ्त्यस्तै कनकासुन्दरी गाउँपालिका ३ की गौकला कामीले भनिन्,‘पुरुषबाट अधिकाँस महिला हिंसामा परेका छन्। अब हामी महिला पुरुष दुबैलाई हुने अन्यायका बारेमा बोल्न थाल्ने छौँ। कसैलाई न्याय दिने सवालमा अन्यायमा पर्न दिँदैनौं।’ यो हाम्रो साझा प्रतिबद्धता हो , कामीले भनिन,महिलाले गाउँमा बालविवाह, बहुविवाह रोक्न थालेका छन्। घरेलुहिंसा गर्न हुँदैन भनेर गाउँमा छलफल गर्न थालेका छौ ्। उनले भनिन्,‘घरेलुहिंसाको बारेमा न्यायिक निकायामा उजुरी गर्न सक्ने भइसकेका छौँ।’
्हुविवाह गर्दा नागरिकता बन्दैन भन्ने कुराको बिषयमा छलफल
हिंसामा गपरेका महिलालाई हामी पुरुषले हुविवाह गर्दा नागरिकता बन्दैन भन्ने कुराको बिषयमा छलफल गर्छौ । विवाह दर्ता हुँदैन। त्यसलै बहुविवाह गर्नु हुँदैन भन्ने सन्देश दिन थालिएको छ। गाउँमा हुने सबै प्रकारका विवादको निरुपण समेत महिलाले गर्न थालेका छन्।आफ्नो घरायसी काम त्यागेर भएपनि सामाजिक कार्यमा अग्रसर हुन थाल्यौँ। चुलो चौखोमा सिमित हुदा हिंसा बढ्यो ,यो संगै गाउँमा हुने विकास निर्माणका क्रियाकलापमा समेत सक्रिय सहभागिता जनाउन थालेका छौ ्।
त्यस्तै आइएनएफ जुम्लाका प्रमुख अभिसेक विकले पछिल्लो समयमा यहाँका महिला अधिकार खोज्ने अभियानमा सक्रिय हुन थालेको बताए । उनले भने जबसम्म सम्पत्तिमाथि महिलाको समान हक हुँदैन। तबसम्म महिलाले शान्तिको अनुभूति गर्न पाउने छैनन्। हरेक दिन १५ घण्टा काममा खटिने महिला एक दिन समाजको लागि छुट्याउन थालेका छन्। आयआर्जनका क्रियाकलाप प्रत्यक्ष संलग्न हुन थालेका छन्।’विपन्न बालबालिकालाई रकम संकलन गरेर शैक्षिक सामग्रीको व्यवस्थापन गर्छन्। गाउँपालिका भरी ५ वटा मुल समिति बनाएका छन्।
त्यस्तै तिला गाउँपालिकाकी उपाध्यक्ष महिला नेतृ बिष्णु बुढाले महिलाले उदाहरणीय कार्य गरेको बताइन्। उनले भनिन्,‘गाउँको विकासमा महिलाले गरेको कार्यको जति प्रशंसा गरेपनि पुग्दैन। त्यो एक नमुना काम हो।’ उनले भनिन , कर्णाली जस्तो दुर्गम क्षेत्रका महिलाले राज्यलाई चुनौति दिने खालको काम गर्नु कम चुनौतिको विषय होइन। यहाँको महिलाको क्षमता अभिबृद्धिमा स्थानीय सरकारले ध्यान दिनुपर्छ।’गाउँपालिकामा महिलाह नेतृ आएपछि हक अधिकारका विषयमा छलफल गर्न पटक पटक आउने गरेका छन ।









