खोज मुलक समाचार लेख्न सरोकारवालाको आग्रह
जुम्लाका पबकारलाई खोजमुलक समाचार लेख्न सरोकारवाले आग्रह गरेका छन । नेपाल पत्रकार महासंघ जुम्लाको १७औ साधारण सभामा उनिहरुले यस्तो बताएका हुन । पत्रकार महासंघ जुम्लाले १७ औँ साधारण सभा सम्पन्न गरेको छ । महासंघले जुम्लाको सदरमुकाम खलंगामा एक कार्यक्रमका बीच साधारण सभा सम्पन्न गरेको हो । साधारण सभामा महासंघ शाखा जुम्लाले आर्थिक तथा प्रगति प्रतिबेदन र सांगठानिक प्रतिबेदन प्रस्तुत गरिएको छ ।
साधारण सभाको सफताको शुभकामना दिदै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले ब्यवसायिक पत्रकारता आबश्यक रहेको बताए । उनले भने राष्ट्रको पत्रकारिता जगत चौथो अंग हो । राष्ट्रको चौथो अंग पत्रकारिता जगतले स्वच्छ निष्पक्ष र सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन । उनले भने पत्रकारिताबाट समाजलाई सुसुचित हुने भएकाले समयमै सत्य तथ्य समाचार प्रशासन गर्न सुझाव दिएका हुन । उनले भने पत्रकारले कुनै आग्रह पर्वआग्रहमा रहेर होइन निष्पक्ष भएर कलम चलाउनु होस सत्य समाचार लेख्दा असुरक्षित भए हाम्रो साथसहयोग रहने छ ।
त्यस्तै नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष बरमबहादुर महतले व्यवसायिक पत्रकारितामा जोड दिदै सत्य तथ्य खबर सम्प्रेषण गर्न सवै पत्रकारलाई आग्रह गरेका छन । उनले यहाँका सरोकारवाला निकायले पनि पत्रकारिता क्षेत्रलाई सबल बनाउनका लागि सहयोग र मर्मथन गर्न अनुरोध गरे ।
त्यस्तै मानव अधिकारआयोगका प्रमुृख बुद्धनारायण सहानीले भने पत्रकारले लेखेका सचार आयोगको लागी दस्ताबेजीकरण हुन्छन । यस कारणले हाम्रो आयोगले पत्रकारलाई मानव अधिकारको रक्षकको रुपमा लिन्छ । हाम्रो समन्वय सहकार्य सधैभरी रहने छ । उनले भने पुरुष पत्रकार भन्दा महिला पत्रकारलाई चुनौती छ ।
त्यस्तै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका सदस्य कृष्णमाया उपाध्यायले पत्रकार महासंगले महिला पत्रकारको क्षामता अभिबृद्धी गर्नु पर्ने बताइन । उनले भनिन जुम्लामा क्रियाशिल महिला पत्रकारको संख्या न्युन छ । यसका लागी महासंघले आगामी दिनमा पहल थाल्ने छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाई, पूर्व अध्यक्ष भिम कसिङ्गर, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्ले लगायतका व्यक्तित्वहरुले १७ औँ साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका छन ।








