मानव अधिकार उल्लघंन सम्वन्धीका घटना दस्ताबेजीकरण गर्दै ,इन्सेक

जुम्ला ः नेपाल मानव अधिकारको अबस्था वर्ष पुस्तक २०२१ का लागि पूर्व समीक्षा भएको छ । अनौपचारिक क्षेत्रसेवा केन्द्र(इन्सेक) जुम्लाको आयोजनामा मङ्सिर ३० गते सदरमुकाम खलंगामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ को पूर्व समीक्षा कार्यक्रम भएको हो । इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलले २०२० जनवरीदेखि डिसेम्वर १४ सम्म सङ्कलन गरिएका घटनाहरू प्रस्तुत गरेका छन । यस अवधिमा मानअधिकार उलंघन तथा ज्यादतीका २५ वटा घटना भएका छन । जसमध्ये गिरफ्तार ३, गैरराज्य पक्षबाट धम्की÷कुटपिट ३, गैरराज्य पक्षबाट हत्या ३ बलत्कार÷यौन हिंसा ९, महिला हिंसा दुव्र्यवहार ४, गैरराज्य पक्षबाट बेपत्ता १, आगजनी १ र अभिव्यक्ति स्वातन्त्रता १ रहेका छन् ।
इन्सेकले आयोजना गरको कार्यक्रमा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने इन्सेकले लामो समयदेखि मानवअधिकार उल्लघंन सम्वन्धीका घटनाहरु दस्ताबेजीकरण गर्दै आएको छ । उनले भने यसमा सत्य तथ्य घटना संकलन गरी दस्ताबेजीकरण गर्न सुझाव छ।,उनले थपे मानवअधिकारका नाममा विभिन्न होलदंगा गर्ने र समाजमा अशान्ति मञ्चाउने जस्ता गतिविधि हुने गरेकोले सवैले सजक हुन पनि आवश्यक रहेको छ ।
नेपाल कम्यूष्निट पार्टी (नेकपा) कर्णाली प्रदेश सदस्य पूर्णप्रसाद धितालले राजनीतिक तथा नागरिक अधिकार सम्वन्धीका घटना सँगसँगै आर्थिक, सामाजिक तथा सास्कृतिक अधिकार सम्वन्धीका शिक्षा, कृषि स्वास्थ्य सम्वन्धीका घटना पनि संकलित गर्नुपर्ने बताए । जुम्लामा लामो समयदेखि विजुली विहिन छ । यहाँ वातावरणीय सरसफाई, फोहोर महिला व्यवस्थापन हुन नसक्दा त्यसले मानवको स्वास्थ्यमा प्रभाव पारेको देखिन्छ । यस्ता घटना पनि दस्तावेजीकरण गरी राज्यको ध्यानाकर्षण गर्न आवश्यक छ । त्यस्तै प्रहरी नायव उपरिक्षक माधब प्रसाद काफ्लेले भने प्रहरी कर्यालयमा आउने अधिकांस हिंसाका मुदा बार्गेनिङ नमिले पछि मात्रै आउने गरेको देखीन्छ ।त्यस्तै बिभिन्ना होटलहरुमा श्रम गरिरहेका बालबालिकाको अवस्थाकामा बारेमा पनि अनौपचारिक क्षेत्रसेवा केन्द्र(इन्सेक)ले समेटनु पर्ने सहभागीको जोड रहेको छ । मसमीक्षा कार्यक्रममा प्रहरी, प्रशासन, राजनीतिक दल, नागरिक समाज, पत्रकारलगायत २५ जनाको सहभागीता रहेको थियो ।








