५ बर्षलगाई बनाएको सिन्जा पर्यटन गुरुयोजना ओझेलमा

जुम्ला ः ५ वर्षलगाइ बनाइएको सिन्जा गुरुयोजना ओझलमा परेको छ ।नेपाली भाषाको उद्गम स्थाल जुम्लाको सिंन्जा क्षेत्रमा रहेका धार्मिक सास्कृतिक,मठमन्दिर,देवल,रिति रिवाज ,चालचलन,भेषभुसा,हुड्के नाच,बाला, चम्फा ,मागल,झोडा,देउडा,बिराट दरवार,ढुङ्गा र माटोले बनेका घर देबिदेउताका मन्दिरको संरक्षण गरि पर्यटन प्रवदनको बिकास गर्ने उदेश्यले ५ बर्षलगाएर तयार पारिएको पर्यटन गुरुयोजना २०६४सालमा तयार गरिएको सिन्जा पर्यटन गुरुयोजना अल्पत्र पर्ला जुम्लाको सिन्जा क्षेत्रमा रहेको पर्यटक क्षेत्र ओझेलमा परेका हुन ।

सिन्जाको पर्यटन क्षेत्रलाई पर्यटन प्रवदन गरि सिन्जा क्षेत्रको बिकासमा परिवर्तन गर्ने सिन्जा क्षेत्रमा रहेका पर्यटक क्षेत्रलाई देश बिदेशमा प्रचार प्रचार गरि पर्यटकहरुलाई सिन्जामा भित्रीत्याउने हिसावले २०६४सालमा सिन्जा क्ष्ोत्रमा रहेका बृदिजिबि ,समाज सेबि,राजनैतिक दल,पत्रकारहरुको पहलमा सिन्जा गुरु योजना बनाई साकिकको जिल्ला बिकास, पर्यटन मन्त्रालय,पुरातात्वबिभिग राष्ट्रिय योजना आयोग र स्थानिय तहमा पेश गरिएको गुरु योजना अहिले अल्पत्र परेको हो। पछिल्लो समयमा स्थानिय सरकार ,कनका सुन्दरी गाँउपालिका ,कर्णाली प्रदेश सरकार पर्यटन मन्त्रालय,संघिय सरकार संग जुम्लाको सिन्जा पर्यटन गुरुयोजना बनाउन र पर्यटन क्षेत्रको बिकासको लागी पहल गरिदिनको लागी आवाहन गरे पनि सरोकारवाला निकाय मौन भएका छन ।

स्थानिय सरकार,संधिय सरकार प्रदेश सरकार बाट सिन्जा पर्यटन क्षेत्रको बिकास बजेट पार्टिका कार्यकर्ता पाल्र्ने दिगो बिकास नहुर्ने खालका कार्यक्रम आउर्ने गरेका छन । खासै सिन्जाको पर्यटक क्षेत्रको बिकास गर्न कुनै पनि निकाय बाट चासो नदेखाईएको कनका सुन्दरि गाँउपालिका वडा नम्बर ८का समाज सेवी भक्त बहादुर बोगटीले बताए । उनले भने सब्याता,सास्कृतिक,सिन्जा बाट उत्पति भएको ताजा प्रमाणहरु छ ।

मल्लकालिनका ,पञ्यातकालमा सिन्जा बाट सिंबिधान तयार भएको ताजा प्रमाणहरु लालमोर ,भोज पत्र,ताम्राँ पत्र,ढुङ्गा,मा अहिले पनि अभिलेख रहेको पाईन्छ । यी अभिलेखहरु हिजो आज बाटोमा,सडकमा पाखेमा अल्पत्र रहेको अबस्थामा देखीन्छन ।पछिल्लो समयमा स्थानिय सरकारले पर्यटनमा बसेनि लाखैरुपैया खर्च गरेपनि खासै पर्यटन क्षेत्र यस कनका सुन्दरीमा रहेका धार्मिक सास्कृतिक,भेष भुसा, मठ मन्दीर गुफा,को संरक्षण का खासै ध्यान नदिएको देखीन्छ ।बिगतका बर्षहरुबाट संरक्षणको प्रतिक्षमा रहेका केही स्थानमा मनपिर हिसावले उत्खनन् कनका सुन्दरी गाँउपालिकाले गरेको र लाखै रुपैया बर्षनि खर्च मात्र गरेको कनका सुन्दरी गाँउ पालिका वडा नम्बर ५ बस्र्ने भु.पु जिबिस सभापति गौरीलाल न्यौपानेले बताए ।सिन्जामा रहेका पर्यटकीय क्षेत्रको बिकासको लागी स्थानिय सरकार गाँउ पालिका बाट बजेट बिनियोजित गरि काम भैरहेको छ । गाँउ पालिका बाट गर्न नसकेको काम प्रदेश ,संधिय सरकार बाट पर्यटन क्षेत्रको बिकासमा काम गरिएको र कनका सुन्दरी मन्दिर,पाण्डाब गुफा, लगाएत अन्य पर्यटकिय क्षेत्रको बिकास गरिरहेको कनका सुन्दरी गाँउ पालिकाकी का.वा अध्यक्ष उर्मिला भण्डारीको दाबि रहेको छ ।

संधिय संरचना स्थापना गरिएको ३ बर्ष बिती सक्न लागेको भए पछि नेपाली भाषाको उदेगम थलो सिन्जामा रहेका पर्यटन क्षेत्र, पाण्डा गेफा,कनका सुन्दरी मन्दिर,सिहु वाघ,देवल मल्लकालिन, पञ्यातिकालमा तयार पारिएका अभिलेख ,लगाएत धार्मि मठ मन्दिर,गुफा,बिराट दरवार भेष भुषा, हुड्के नाच,बालो नाच ,चम्फा ,मागल,झोडा,देउडाढुङ्गा र माटोले बनेका घर देबिदेउताका मन्दिरको संरक्षण गरि पर्यटन बिकास गर्न नसकियको स्थानिय बासीहरुको गुनासो रहेको छ ।