जुम्लाका किसानले गरे ओखर खेती बाटै आम्दानी
दिलमाया शाही
चन्दननाथ नगरपालिका वडा नम्वर ८ कोटीलाका कालीवहादुर भण्डारीले ओखर बेचेरै आम्दानी गरेका छन । उनले ओखरबाट बार्षिक १६ हजार आम्दानी गरेको बताए ।८० वर्षिय भण्डारीले हरेक वर्ष ओखर बेचेर आम्दानी गरेका ह्ुन ।उनले अहिले व्यवसायिक रुपमा ओखर खेती गरि रहेको पनि बताए । ओखरको बगैँचामा रहेका चारवाट बोटमा फलेको ओखरले १६ हजार रुपैयाँ कमाउँदा ओखरखेती प्रति निकै आकर्षण बढेको उनको भनाइ छ । उनले भने आगामी २ वर्षमा ओखर बेचेर २ लाख रुपैयाँसम्म कमाउन सक्ने गरी बगँैचा व्यवस्थापनमा जुटेको छु । शुरुको चरणमा हुुर्काउन दुख हुने गरेको छ । हुर्केपछि ओखरमा खासै दुख हुदैन उनले भने ,किसानका लागि कम मेहनतमा बढी आयआर्जनमा सहयोग पुग्ने खेती ओखर भएको भण्डारीको अनुभव रहेको छ ।
ओखर फले ब्यापारी गाउँमै खरिद गर्न आउने गरेको छन । माग अनुसार बजारमा ओखर ल्याउने गरेको उनले बताए । उनले भने ओखर खेती जुम्लाको हावापानीमा निकै अनुकुल रहेको छ । किसान भण्डारी ओखरको बोरा बोकेर सदरमुकाम खलंगामा आएर बेच्ने गरेका छन ।केही दिन अगाडी जुम्ला वजारमा २ हजार २ सयको ओखर बेचेको उनले बताए । ओखरबाट राम्रो कमाई भएको छ । ओखरको माग बढ्दो क्रममा रहेकाले यस प्रतिको आकर्षण बढेको छ । .उनले ७ रुपैयाँमा प्रतिदाना ओखर बेच्ने गरेका छन ।
फाफुटमा १० रुपैँया दाना बेच्ने गरेको भन्दै उनले असोजमा टिपेको ओखर उपयुक्त हुने गरेको बताए । राजिकोटबाट लिएको ओखरको विरुवाबाट ओखर खेती गरेको उनको भनाइ छ । हिउँदमा मलखादको व्यवस्थापन राम्रो गर्न सकेको खण्डमा रोग किराको संक्रमण हुदैन । जुम्लामा पछिल्लो चरणमा ग्रामिण क्षेत्रका अधिकांश किसानहरुले ओखर खेती गर्न थालेका छन् ।जुम्लामा ओखर भण्डारण गर्न समस्या नभएकले किसानहरुको आवर्षण बढ्दो क्रममा रहेको छ । ओखर खेती किसानका लागि राम्रो आम्दानीको स्रोत भएको पाइन्छ ।
जुम्लाको आठ वटै स्थानीय तहमा ओखर खेती हुदै आएको छ । एकै बोटमा पाँच हजार रुपैयाँ सम्मको ओखर फल्ने गरेको किसान कालिवहादुर भण्डारीको अनुभव रहेको छ ।अहिले जुम्ला बजारका चोकमा ओखर बेच्ने किसानहरुको भिडभाड हुने गरेको छ । यता जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले ओखर खेतीको संभावना जुम्लामा बढेको बताए । उनले भने बर्सेनी ओखर खेतीको क्षेत्रफल बढिरहेको।
जुम्लाको १ सय ९० हेक्टरमा ओखर खेती हुने गरेको छ । एक वर्षमा १५ टनसम्म ओखर फल्ने गरेको छ । अधिकांश किसानले ओखर कोसेली घरमा पुगेर प्याकेजिङ गरेर बिक्री गर्ने गरेका छन ।
काठमाण्डौ, पोखरा, नेपालगंज र सुर्खेत लगायतका अर्गानिक पसलमा यहाँको ओखर खपत हुने गरेको प्रमुख देवकोटाल बताए ।उनले तिन रोपनी जग्गा एकै कलष्टरमा भएका किसानको समुह बनाएर विरुवा, काटछाट, रोगकिरा, सिचाइँका क्रियाकलाप उपलव्ध गराउदै आएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।ओखर बेचेर जुम्लाले करोड भन्दा बढी रुपैयाँ भित्र्याउने गरेको छ । त्यस्तै कोसेली घरका सञ्चालक गोविन्द आचार्यले आन्तरिक तथा बाह्य पर्यटकको एकमात्र रोजाइ ओखर हुने बताएका छन ।








