जुम्लामा सर्वदलिय वैठक ः कर्णाली प्रतिष्ठानको सेवा थप चुस्त दुस्त बनाउनु पर्नेमा जोड

दिलमाया शाही
जुम्लामा सर्वदलिय वैठक बसेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा प्रवाह, स्तरउन्नति लगायतका विभिन्न बिषयमा जुम्लाको सर्वदलिय वैठक बसेको हो । वैठकमा प्रतिष्ठानको सेवा प्रवाह, शैक्षिक कार्यक्रम सहित विभिन्न सवालमा जिज्ञासा उठेको छ ।
जिल्ला समन्वय समिति जुम्लाले आयोजना गरेको वैठकमा जिल्लाका राजनैतिकदलहरुले विभिन्न सूझाव सहित तीनवटा निर्णय भएको जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताए । जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीको अध्यक्षतामा बसेको बैठकमा कर्णाली प्रतिष्ठानले हाल सम्म गरेका नियूक्ति, भर्ना प्रक्रिया, शैक्षिक कार्यक्रम लगायतका बिषयमा जनगुनासो बढेकाले सार्वजनिक सुनुवाई गर्न अनुरोध गरेको बताए । एचए स्टाफनर्सलाई कर्णाली प्राविधिक शिक्षालयलाई जिम्मा हुने भएकोले प्रयोगात्मक केन्द्रको रुपमा प्रतिष्ठानलाई लिन समन्वय गर्ने, प्रतिष्ठानमा सशुल्क र निशुल्क सेवा लिन आउने सर्वसाधारणले सहज ढंगले जानकारी गराउन र सूचना अधिकारीको अनिवार्य तोकिने गर्ने निर्णय गरिएको छ ।
वैठकमा पूर्व राज्यमन्त्री गोमा कुँवरले प्रतिष्ठानको सेवा प्रवाहलाई सजिलो बनाउदै थप फराकिलो र साझा वनाउने प्रयास गर्न सूझाव दिएकी छन । उनले भनिन, कोभिड १९ का विरामीलाई अनुगमन गर्ने समयन्त्रण बलियो बनाउनु पन छ । पूर्व राज्यमन्त्री वलवहादुर महतले प्रतिष्ठान साझा भएकाले कसरी थप वलियो वनाउन सकिन्छ भन्ने बिषयमा जोड दिन आवश्यक रहेको बताए । नेकपा जिल्ला अध्यक्ष बिरबहादुुर कुँवरले प्रतिष्ठान गौरवको संस्था भएकाले भएका समस्या समाधान गर्नु पर्ने बताए । निश्चित व्यक्तिका मानिसहरुलाई रोजगारी र विद्यार्थी भर्नामा अवसर प्रतिष्ठानले दिई रहेको बताए । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले प्रतिष्ठानको सेवा प्रवाहमा मुस्कान सहितको सेवामा जोड दिन आवश्यक रहेको बताए । उनले भने नागरिक वडापत्र र वीमा औषधीमा सहज बनाईनुपर्ने छ । नेपाली कांग्रेसका यूवा नेता महेन्द्र कार्कीले सकारात्मक सवालमा समर्थन सवैको हुनुपर्नेमा जोड दिएका छन ।
यसैगरी प्रतिष्ठानको बर्तमान सेवा प्रवाह, शैक्षिक कार्यक्रमका बिषयमा शिक्षाअध्यक्ष डा. निरेश थापाले प्रस्तुतीकरण गरेका थिए । उनले एमविविएसको तयारी पनि भईरहेको बताए ।
यहाँको जनशक्तिको राष्ट्रिय अन्तराष्ट्रिय जर्नलमा आर्टिकल प्रकाशन, कर्णाली प्रतिष्ठानको भिन्नै ३,३ महिनामा जर्नल प्रकाशन, अनुसन्धान केन्द्र स्थापना सहित विभिन्न कामहरु शुरु भएको  प्रतिष्ठानका रजिष्टार बिश्ववरााा काफ्ले बताए । यस्तै बर्षेनी खर्च बढि र आम्दानी भएको मात्रै होईन ३ हजारको सल्यक्रिया यही हुने भएकाले रु ६० करोडको प्रतिष्ठानले काम गरेको, प्रतिष्ठानले यहाँको रोजगारी सहित, आर्थिक मुहार फेर्दे गरेको छ ।
यसैगरी विभिन्न २६ वटा सेवा प्रवाह गरिरहेको जानकारी गरिएको छ ।प्रतिष्ठानको आन्तरिक आम्दानी रु ६ करोड रहेको छ । माथिल्लो तहका नपाईने विशेषज्ञ वाहेकका अन्य सवैमा विज्ञापनबाटै नियूक्त गरिएको प्रतिष्ठानका रजिष्टार बिश्वराज काफ्ले बताए। साना साना कार्यालय सहयोगी र कम्पनी मार्फत अधिकार क्षेत्रमा परेका जनशक्ति पनि काम गरिरहेका बताए ।
उपकुलपतिबाट सवैदलिय वैठक ईन्कार ः
जिल्लाको सर्वदलिय वैठकमा भने उपकुलपति प्रा.डा राजेन्द्रराज वाग्लेले वैठक ईन्कार गरेका छन् । आफुमाथी आएका जिज्ञासाको जवाफ दिन नसकेपछि उपकुलपति समेत वोलाईएको वैठकमा कार्यकारी परिषदको वैठक बसाली शिक्षाध्यक्ष डा. निरेश थापा र रजिष्ट्रार विश्वराज काफ्लेलाई वैठकमा पठाएका थिए । तर उनको त्यो ब्यवार प्रति जिल्लाको अपमान भएको जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले बताए । पूर्व राज्यमन्त्री बलबहादुर महतले उपकुलपतिले जवाफदिन नसक्ने भएपछिको डरले नआएका तरे उत्तरदायी हुनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्ण प्रसाद चौलागाईले उहाँले जनस्वास्थ्य डिन नियूक्तिमा कानून सम्वद गरेपनि प्रक्रिया मिचेर गरेको विषयमा प्रतिष्ठानका कर्मचारी आन्दोलित भएपछि समाचार लेख्ने पत्रकारहरुका फोन नउठाउने र भेटन पनि नमान्ने, सूचना नदिने बिषयमा अपमान भएको भन्दै भत्र्सना गरेका छन ।