अल्पकालीन आश्रय सहितको जिल्ला सेवा केन्द्र संचालन तथा व्यवस्थापन सम्बन्धि प्रस्ताबना आह्वानको सुचना
कर्णाली प्रदेश सरकार
सामाजिक विकास मन्त्तालय
शिक्षा विकास निर्देशनालय
सामाजिक विकास कार्यालय
जुम्ला
प.सं.- ०७७/०७८ मिति२०७७/०८/११गते
च.नं. सुचना प्रकाशित मितिः २०७६।०८।११ गते
बिषय:- अल्पकालीन आश्रय सहितको जिल्ला सेवा केन्द्र संचालन तथा व्यवस्थापन सम्बन्धि प्रस्ताव सम्बन्धमा।
प्रस्तुत बिषयमा सामाजिक बिकास कार्यालय, जुम्लाको आ.व. ०७७।०७८ को स्वीकृत बार्षिक बजेट तथा कार्यक्रम अनुसार अल्पकालीन आश्रय सहितको जिल्ला सेवा केन्द्र संचालन तथा व्यवस्थापन कार्यक्रम संचालन गर्नु पर्ने भएकोले निम्न वमोजिम योग्यता पुगेका हिसां पिडित तथा प्रभावित महिला तथा बालबालिकाको संरक्षण क्षेत्रमा काम गरेका संघसंस्थाका लागि यो सुचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र तपशिल बमोजिमको शर्तहरुको अधिनमा रहि सामाजिक बिकास कार्यालय, जुम्लामा सिलवन्दी प्रस्ताव (आर्थिक/प्राबिधिक) पेश गर्नुहुन यो प्रस्तावना आह्वान गरिएको छ ।
तपशिल
सम्बन्धीत जिल्लामा दर्ता भै कम्तिमा १ बर्ष सक्रिय रुपमा महिला तथा वालवालिकाको क्षेत्रमा काम गरेको हुनुपर्नेछ ।
कार्यक्रमको नामः- अल्पकालीन आश्रय सहितको जिल्ला सेवा केन्द्र संचालन व्यवस्थापन
स्वीकृत बार्षिक बजेटः- ४७६१००।–
अनुदान उपलब्ध गराउने क्रियाकलाप र अनुदानको सीमा
- हिसा प्रभावितको हाजिरी
- घटना व्यावस्थापन अभिलेख
- घटना प्रतिवेदन अभिलेख
- वडाको सिफारिस
आवश्यक कागजातहरु
- संस्था दर्ता नबिकारण भएको र स्थायी लेखा नम्बर लिएको कागजको प्रमाणित प्रतिलिपि
- नियमित लेखापरीक्षण र चालु आ.ब.को करचुक्ता गरेको प्रमाणित प्रतिलिपि
- कार्यक्रम कार्यान्वयन लागि प्रस्तावना र BOQ भरि शिलवन्दी पत्र
थप जानकारी लागि सामाजिक बिकास कार्यालय जुम्लाको फोन न. ०८७- ५२००४९ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
बलबिर सुनार
सामाजिक बिकास अधिकृत









