निष्पक्ष छानविनका लागी आयोगलाई राजनीतिक दलको आग्रह ।

दिलमाया शाही जुम्ला
बेपत्ता पारीएका व्यक्तिको छानविन आयोगलाई वास्तविक बेपत्ता नागरिकको लागी निष्पक्ष छानबिन गर्न छानबिन आयोगलाइ जुम्लाका राजनीतिक दलहरुले आग्रह गरेका छन ।उनीहरुले राहत दिने नाममा भइरहेको अनियमितताका बारेमा समेत छानविन गर्न आग्रह गरेका हुन । नेकपा जुम्लाका अध्यक्ष वीरबहादुर कुँवरले द्धनद्धकालमा भएका सबै घटनाको समिक्षा,अध्ययन र अनुसन्धान आवश्यक रहेको बताए ।उनले भने,‘त्यो समयमा धेरैठुला कहालीलाग्दा घटना भएका छन् । निष्पक्ष ढंगले आयोगले हरेक घटनाको अनुसन्धान गरोस भन्ने हामी चाहान्छौँ । द्धन्द्ध निरुपण गर्ने,पीडितलाई न्याय दिने र पिडकलाई कार्वाही सिफारीस गर्ने अधिकार आयोगलाई भएको बताए । जब मुलुक द्धन्द्धमा जान्छ, तव देशमा मानवअधिकार उलंघटनका घटना घट्छन । आयोगको काम निकै ढिलासुस्ती छ । जनशक्तिको अभाव देखाइन्छ । तर यहाँ इच्छाशक्तिको अभाव देखिन्छ । जे भएपनि यो आयोगले स्वतन्त्र अधिकारको प्रयोग गरोस । न्याय मर्न नदेओस । भन्ने हो । ’ पुर्व पशुपंक्षी राज्यमन्त्री गोमा कुँवर दुई महिना मात्र कार्यअवधि रहेको आयोग जुम्लामा पुगेको बताउँदै यसले निष्पक्ष छानविन गर्ने विश्वास व्यक्त गरिन् । द्धन्द्धका ठुलठुला घाउ कर्णालीमा जीवितै छन ।पीडिको गुनासा प्रति सरोकारवालाको ध्यान पुग्दैन् । नेपाली काँग्रेसका उपसभापति तथा जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले आयोगले जति गर्नु पर्ने काम थियो, त्यति गर्न नसकेको बताए । उनले भने,‘अब राहतका नाममा भइरहेको बदमासीको पनि एक एक हिसावकिताव राख्न जरुरी छ । यो काम आयोगले गरोस ।’ कार्यक्रमका सहभागिले बेपत्ता भएका नागरिकको वास्तविक पहिचान गर्नु पर्ने,पीडितलाई न्यायको अनुभुति हुने गरि कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका थिए
आयोगको काम प्रति जुम्लाबासीले आक्रोश
बेपत्ता पारीएका व्यक्तिको छानविन आयोगको काम प्रति जुम्लाबासीले आक्रोश पोखेका छन् । उनीहरुले आयोग गठन भएको लामो समय सम्म पनि वास्तविक बेपत्ता पहिचान हुन नसकेको र बेपत्ताका नाममा सरकारी रकम दुरुपयोग भइरहेको गुनासो गरेका छन । आयोगले जुम्ला सदरमुकाम खलंगामा गरेको कार्यक्रममा जुम्लाबासीले वास्तविक बेपत्ताको पहिचान गरि सत्यतथ्य प्रतिबेदन सार्वजनिक गर्न माग गरेका हुन ।त्यस्तै युवा अगुवा महेन्द्रबहादुर कार्कीले आयोगको अहिलेको काम प्रति सन्तोष हुने अवस्था नरहेको बताए ।उनले भने,‘आयोगको पदाधिकारी सहितको टोली जुम्लामा ड्युटी निभाउन आएको होकी साचिक्कै काम गर्न आएको भन्ने आभाष दिलाइनुपर्छ । अनिमात्र आयोग जुम्ला पुगेको सार्थकता हुनेछ । ’ उनले जिल्लामा पुगेर ड्राफ्ट बनाएर अग्लो सिरानी बनाइराख्नुको कुनै औचित्य नहुनेमा जोड दिए ।
त्यसै गरी नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष बरमबहादुर महतले बेपत्ता नागरिकको विवरणमा एक रुपता हुन नसकेको बताए । द्धन्द्धको समयमा सरकारी र विद्रोही दुइटै पक्षबाट बेपत्ता भएका छन् । सबैको समान रुपमा अनुसन्धान हुनुपर्छ, अध्यक्ष महतले भने,‘भिरबाट खसेर मरेको द्धन्द्धकालका मृतकको सुचिमा छन् । घरायसी काममा सामान्य चोट लागेको घाइतेको सुचिमा छन् । बेपत्ता नभएको व्यक्तिले खुलेआम राहत बुझिराखेका छन् । समाजमा फुर्तिफार्तीका साथ हिडेका छन् । यसले राज्यको ढुकुटी रित्तिएको मात्र छैन । चरम दुरुपयोग भइराखेको छ । बेपत्ता पारीएका व्यक्तिको छानविन आयोगले निष्पक्ष ढंगले छानविन गर्न जरुरी छ । दुरुपयोग गर्नेलाई कानुनको कठ्घरामा उभ्याइयोस । जुम्लाबासी यही आग्रह गर्न चाहान्छौँ । ’
नेपाली काँग्रेसका प्रतिनिधि लक्ष्मण शाहीले वास्तविक पीडितले न्याय पाउने गरि काम गर्न आयोगलाई आग्रह गरेका छन । हुन त अहिले सम्म जति आयोग बनेका छन् । सबै कामविहिन नै छ । जति आयोग बनेपनि काम केही हुन नसकेको अवस्था हो । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले आयोगको टोली ढिलै भएपनि बेपत्ता पारीएका व्यक्तिको बारेमा जानकारी दिएकोले खुसि ब्यक्त गरे । उनले भने,‘यहाँ बेपत्ताको सुचिमा धेरै ब्यक्ति अटाउन सकेका छैनन । आयोगले सही रुपमा व्यवस्थापन गर्ने छ । न्यायनिरुपणका लागि पहल गर्ने छ । ’उजुरीका आधारमा अनुसन्धान हुने भएकोले पीडितलाई चनाखो बन्न आग्रह गरेका छन । उनले आयोगको टोलीले जुम्लाको वास्तविक अवस्था बुझेर जाने अपेक्षा व्यक्त समेत गरेका छन । आयोगलाई काम गर्ने वातावरणका लागि सदैव तयार रहेको बताए ।
जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले आयोगको टोलीको जुम्ला बसाइँ निकै उपलब्धिपुर्ण हुनेमा विश्वास व्यक्त गरे । उनले भने,‘उजुरी परेकाहरुको पहिचान गर्ने छ । उजुरी दिन छुटेका पीडितको उजुरी समेत लिनेछ । यो कार्यका लागि आयोगको टोलीलाई सहयोग गर्न तयार रहनेछौँ । ’ कुनै मतभेद नै नराखिकन अनुसन्धान र छानविन गर्न आग्रह गरे ।
बेपत्ता नागरिकको न्याय मर्न नदिने छानबीन आयोगको प्रतिबद्धता ,
बेपत्ता पारिएका व्यक्तिको न्याय मर्न नदिने छानबीन आयोगले बताएको छ ।
नेपालमा सशस्त्र दन्द्धमा बेपता राज्य पक्ष र विद्रोही पक्ष बाट बेपता पारिकालाई न्याय दिलाउन, छानबीन आयोग नेपालको टोली जुम्लामा पुगेको हो ।आयोगका सदस्य डा.गंगाधर अधिकारी नेतृत्वमा जुम्ला पुगेर काम शुरु गरिने छ ।सदस्य डा.अधिकारीले नेपालमा सशस्त्र विद्रोहदेखि विस्तृत शान्ति सम्झौतासम्म राज्य तथा विद्रोही पक्षबाट बेपत्ता पारिएका नागरिकहरुको पहिचान गर्ने र छुटेका व्यक्तिहरुको उजुरी लिने उद्देश्यले यो आफ्नो टाली जुम्ला पुगेको बतए ।उनले आयोगको कार्य क्षेत्र भनेकै छानबीन तथा अनुसन्धान भएकाले यसको मूल लक्ष्य तथा उद्देश्य भविश्यमा द्वन्द्व दोहोरिन नदिने बताए । उनका अनुसार मुलुकभरबाट आयोगमा तीन हजार २ सय २३ उजुरी परेका छन भने कर्णालीमा ४०४ उजुरी परेका छन ।साविकको कर्णालीको कालीकोटमा ४५, जुम्लामा २०, मुगु २५, डोल्पा ६ र हुम्लामा चार जना बेपत्ताको उजुरी परेको छ ।कोरोना महामारीका कारण आयोगले परिणाममुखी काम गर्न नसकेको स्वीकार्दै सदस्य डा.अधिकारीले कर्णालीलाई प्राथमिकता राखेर जुम्ला पुगेको बताए ।आयोगले बेपत्ताहरुको छानबीन, अनुसन्धान र पहिचानका कार्य अगाडि बढाउने जुम्लामा बसेर यहाँका सरोकारवालाहरुसँग छलफल गरेको समेत गरेको छ ।
छुटेका पिडित ब्यक्तिका लागी उजुरी लिने ब्यवस्था ।
आयोगले जिल्ला स्थित सरोकारवाला निकाय सँग कार्यक्रम राखेको र २, ३ दिन जुम्लामै बसेर काम गर्ने र छुटेका भएमा पनि उजुरी लिईने भएकाले कसैलाई जानकारी भएमा जिल्ला समन्वय समिति, स्थानीय तहमा सम्पर्क गर्न अनुरोध गरेको छ । आयोगका सदस्य अधिकारी सहित चार सदस्यीय टोलीले जुम्लामा पुगेर काम शुरु गरेका छन ।द्धन्द्धकालमा बेपत्ता पारीएका ब्यक्तिको पहिचान गर्न बेपत्ता पारीएका ब्यक्तिको छानविन आयोगको टोली जुम्ला पुगेको हो । बेपत्ता पारीएकाहरुको सत्यतथ्य अनुसन्धान गरी पहिचान गर्ने, दोषि उपर कार्वाही सिफारिस गर्ने र छानबिन गर्ने काम यो आयोगको रहेको उनले बताए ् । टोलीले २०५२ साल फागुन १ गतेदेखि २०६३ माघ ५ गते सम्म बेपत्ता पारीएका ब्यक्तिको अनुसन्धान गर्ने छ । तत्कालिन रुपमा देखिएको द्धन्द्ध निरुपण गर्ने र भविष्यमा द्धन्द्ध दोहोरिन नदिने वातावरण आयोगले सिर्जना गर्नेछ ।
आयोग गठन भएको लामो समय सम्म पनि पिडित सम्म पुग्न सकेनौँ । गत चैत महिना भित्र पिडितको दैलो सम्म पुग्ने योजना बनाएका थियौँ । तर बाधक कोरोना भाइरस बन्यो,सदस्य डा. अधिकारीले भने,‘तर पिडितलाई न्याय दिलाउने कुराका निकै गम्भीर हुनेछौँ । विस्तृत अनुसन्धानको पहिलो चरणमा प्रवेश गरेका छौँ । अब बेपत्ता पारीएका ब्यक्तिको छानविन शुरु भइसकेको छ । सत्यतथ्य बाहिर ल्याउने प्रयत्न अधिकतम रुपमा  प्रतिबद्धता गरेका छन । ’
बेपत्ताको सुचिमा रहेका २६ जना नागरिक आयोगको सम्पर्कमा पुगिसकेका छन् । बेपत्ता पारीएका ब्यक्तिको छानविन आयोगका अनुसार कर्णाली प्रदेशमा ४ सय ४ वटा उजुरी परेका छन् । जसमध्ये ३ सय २० उजुरी उपर विस्तृत अनुसन्धान कार्य अघि बढेको छ । कालिकोट र मुगुमा पनि आयोगको टोली पुगेर काम अघि बढाइरहेको छ ।कालिकोटमा ४५,जुम्लामा २०,मुगुमा २५, डोल्पामा ६ र हुम्लामा ४ वटा उजुरी परेका छन् । आयोगमा उजुरी नपरेका तर बेपत्ता भएकाहरुले पनि आयोग समक्ष थप उजुरी दिन सक्नेछन । द्धन्द्धका कारणले बेपत्ता भएकाहरुको मात्र छानविन हुने भएकोले उजुरी दिदा ख्याल गर्न आग्रह गरिएको छ ।