लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान प्रभावकारी बनाउने, राष्ट्यि मानवअधिकार आयोगको तयारी ।
दिलमाया शाही
लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । कोरोना संक्रमणको त्रासैत्रासका बीच लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान सुरु हुदा अभियान कसरी मनाउने भन्ने बिषयमा राष्ट्यि मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले सुझाव संकलन गर्न थालेको छ । यसका लागी संञ्चारकर्मी बिच जिल्ला स्तरमा गम्भीर छलफल थालेको छ । राष्ट्यि मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने बिषयमा पत्रकार र नागरिक समाज संग छुट्टाछुट्टै छलफलथालेको हो ।
छलफलमा नागरिक समाज र पत्रकारले विद्युतीय उपकरणको प्रयोग गरेर लैगिंक हिंसा विरुद्धको अभियान मनाउन सुझाव समेत दिएका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पुर्णप्रसाद चौलागाईले कोरोत्रा त्रासका बीच गाउँमा पुगेर तडकभडक गरेर अभियान मनाउन सकिने अवस्था नरहेको बताए । उनले सुरक्षित र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर मात्र अभियान मनाउने वातावरण मिलाउनु पर्नेमा जोेड दिएका छन । उनले भने,‘अहिलेको परिस्थितीमा अभियान भन्दा पनि मानवीय चिन्ता बढि हुनुपर्छ । यो पटक विद्युतीय सञ्चार माध्यमको अधिकतम प्रयोग गरेर सचेतना फैलाउने कार्य गरेर मनाउन सुझाव दिइएको छ ।
एफएम रेडियोमा वहस गरेर हिंसा विरुद्ध बनेका कानुनी ज्ञान प्रदान गर्न सकिने छ । पत्रपत्रिकामा लेख रचना मार्फत पनि सचेतना फैलाउन सकिनेमा जोड दिदै हिंसा सम्बन्धिको बृत्तचित्र बनाएर पनि चेतना अभिबृद्धि गर्न सकिने नेपाल पत्रकार महासंघका उपाध्यक्ष नेत्रबहादुर शाही बताए । ,त्यस्तै राष्ट्यि समाचार समितिका कर्णाली प्रदेश प्रमुख सुरजकुमार सिंहले भर्चुअलका माध्यमबाट भएपनि सचेतना प्रदान गर्नु पर्नेमा जोड दिएका छन ।सहभागि सबैले गाउँमा जाँदा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना अनिवार्य गर्नु पर्ने,हिंसा विरुद्धका नारा सार्वजनिक स्थल आसपासमा वालपेन्टिङ गर्नुपर्ने,कर्णाली करिडोर क्षेत्रमा माइकिङ गर्नु पर्ने, रेडियोमा नाटक तथा वहस गर्नु पर्ने,बृत्तचित्र निर्माण गरेर सञ्चार माध्यममा प्रसारण गर्नु पर्ने,बालविवाह, बहुविवाह, जारी प्रथा, छाउपडि प्रथा लगायतका बिषयमा स्थानीयलाई सजग गराउनु पर्ने सुझाव दिएका थिएका छन ।
छलफलमा मानवअधिकारकर्मी र सञ्चारकर्मी बीचको समन्वयलाई प्रभावकारी बनाउदै मानवअधिकार उलंघनका विषयलाई गम्भीर रुपमा उठाउनु पर्ने बिषयमा छलफल भएको छ । मानवअधिकार आयोगका प्रमुख बुद्धनारायण साहनीले स्रोत साधनका आधारमा काम गर्ने बताए । उनले भने,‘यहाँ मानव संशाधन छ र भौतिक संशाधनको अभाव छ । तै पनि मानवअधिकारको क्षेत्रमा स्रोत साधन भए सम्मको राम्रो काम गर्नेछौँ । कोभिड १९ का कारण अभियान चपेटामा रहेपनि अभियानलाई वैकल्पिक स्रोत साधनबाट भएपनि जीवन्तता दिने प्रतिबद्धता गरेका छन ।








