संसदीय मामिला रिपोटिङ सम्बन्धी दुई दिने तालिम प्रभावकारी भएको सहभागिको भनाई ।

जुम्ला पत्रकार महिलाका लागि संसदीय मामिला रिपोटिङ सम्बन्धी दुई दिने तालिम सकिएको छ । प्रदेशसभामा हुने संसद, केन्द्र र प्रदेश संसदको समन्वय, मुद्दाहरु, प्रदेश र केन्द्रमा संसदको विषयमा रिपोर्टिङ हुने भिन्नता, चुनौती लगायतका विषयमा छलफल भएको थियो । छलफलमा यो क्षेत्रमा लामो समय कलम चलाउनुभएका विषय विज्ञले प्रस्तुति राख्नुभएको थियो ।
कार्यक्रममा वरिष्ठ पत्रकार तथा प्रशिक्षक जगत नेपालले संसदको रिपोटिङ गर्ने तरिका, रिपोर्टिङ गर्दाका चुनौती लगायतका विषयमा आफ्नो धारणा राख्नुभएको हो । अन्तरक्रियात्मक तरिकाले चलकेको उहाँको सत्र निक्कै प्रभावकारी भएको सहभागिले बताएका छन ।
त्यस्तै उहाँले कानुन निर्माण प्रक्रिया, प्रतिनिधिसभा, राष्ट्रिय सभा, समितिका बैठक, विशेष समिति, कस्ता विषय समाचार बन्न सक्छन? एङगल के हुन सक्छ ?कस्ता समाचारलाई प्राथमिकता दिने लगायतका विषयमा सहभागिलाई प्रस्ट्याउनु भएको थियो ।
यस्तै कार्यक्रममा संसदीय मामिला पत्रकार तथा न्युज एजेन्सी नेपालकी प्रधान सम्पादक कृष्णा पौड्लले ससदीय समाचार सकलनमा लैगिक मुद्दा प्राथमिकता बारे आफ्नो प्रस्तुति दिनुभएको थियो । ससदीय विषय रिपोटिङ गर्ने महिला पत्रकारको सख्या कम भएपनि पछिल्लो समय बढ्दै गएको बताउदै ससदमा प्रतिनिधित्व गर्ने महिलामा पनि पछिल्लो समय विभिन्न विषयमा प्रश्न र आवाज उठाउन सक्ने क्षमताको विकास हुँदै गएको बताउनुभयो ।
यस्तै सम्पादकले रिपोर्टरबाट कस्ता समाचारको अपेक्षा गर्छन भन्ने विषयको सम्पादक र पत्रकारबीच भएको छलफलमा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल, इकाजग डट कमका प्रधान सम्पादक हरिबहादुर थापा र डब्लुडब्लुजेकी उपाध्यक्ष निर्मला आचार्य सहभागि हुनुहुन्थ्यो । यस्तै ससदीय निगरानी र समाचारको विविध दृषिका्णका बारेमा सघीय ससद सचिवालयका सचिव धुब्र घिमिरेले संसदको अवस्था र संसदीय तरिकाका विविध विषयमा पत्रकारहरुलाई जानकारी दिनुभएको थियो ।
सो तालिम अन्तर्गत भएको संसदीय पत्रकारिताका आधारभूत पक्षहरू, राजनैतिक इतिहास र ज्ञान, मर्यादा, सम्बन्ध, दलीय अन्तरकथाको समझ, परम्परा, नियमावली आदि, नेपालमा संसदीय व्यवस्थाको विकासक्रम, संघीय व्यवस्था, संविधान सभा र संघीय संसदको भिन्नता लगायतको विषयमा छलफल भएको थियो ।
संसद सहयोग परियोजना, युएनडीपीको सहयोगमा डब्लुडब्लुजेको आयोजनामा भएको दुई दिने सो कार्यक्रममा सातै

प्रदेशका ६० जना भन्दा बढी पत्रकार महिलाहरुले कार्यक्रम निक्कै प्रभावकारी भएको बताएका छन ।
कार्यक्रममा सांसद अष्टलक्ष्मी शाक्यले ०६२ र ६३ पछि बल्ल महिला सांसदहरुले आफ्ना भनाइ राख्न सहज भएको र संसदीय अभ्यासमा चासो र पहुँच दुबै बढेको बताउनुभयो । उहाँले महिला पत्रकारको संख्यात्मक उपस्थितिले मात्रै पुग्दैन, संसदमा उठेका मुद्दाबारेको बुझाइ पनि फराकिलो हुनुपर्ने विचार व्यक्त गर्दै हिजोका दिनमा मुद्दाको उजागर नै कम हुने गर्दथे अहिले संसदीय मर्यादा र यसको दायरा व्यापक भएको अनुभव राख्नु भएको थियो । सांसद शाक्यले प्रदेश सभा नयाँ अनुभव भएकाले बुझनुपर्ने कानूनी विषयमा दखल राख्न पत्रकार महिलालाई सुझाव दिनुभएको छ ।
यस्तै युएनडिपीका राष्ट्रिय परियोजना प्रबन्धक राज बहादुर श्रेष्ठले बिशेष गरी दलित, जनजाती लगाएतका महिला सांसदहरुले बोलेका कुराहरु निकै कम मात्रामा संचारमाध्यमहरुमा आउने र संसदीय पत्रकारितामा पत्रकार महिलाहरुको संख्या निकै कम भएकाले पनि यसको क्षमता अभिवृद्धिका लागि यस्तो तालिम आयोजनले थप सहयोग हुने बताउनुभयो । नेपालमा संसदीय पत्रकारितामा पत्रकार महिलाको उपस्थितिको कमीको कारणले यस्तो तालिम आयोजना गरेको डब्लुडब्लुजेका अध्यक्ष अमिका राजथलाले जानकारी दिनुभयो । यसको समाधान भनेको क्षमता अभिवृद्धि नै भएकोले पनि डब्लुडब्लुजे ले यो तालिमको आयोजना गर्न पाउँदा खुशी लागेको बताउनुभएको थियो ।