संसदिय मामिला रेपोर्टिङ्मा पत्रकार महिलाको संख्या बढ्दै छ ः सांसद शाक्य

जुम्ला ः सांसद अष्टलक्ष्मी शाक्यले ०६२र ६३ पछि महिला सांसदहरुले पनि आफ्ना भनाइ राख्न सहज भएको र पत्रकार महिलाको संसदीय अभ्यासमा चासो र पहुँच दुबै बढेको बताइन । उनले भनिन ,महिला पत्रकारको संख्यात्मक उपस्थीतिले मात्रै पुग्दैन । संसदमा उठेका मुद्दाबारेको बुझाइ पनि फराकिलो हुनुपर्छ । हिजोका दिनमा मुद्दाको उजागर नै कम हुने गर्दर्थो अहिले संसदिय मर्यादा र यसको दायरा व्यापक भएको उनले आफ्नो अनुभव छ। उनले भनिन सांसद शाक्यले प्रदेश सभा नयाँ अनुभव भएकाले बुझनुपर्ने कानुनी विषयमा दखल राख्न पत्रकार महिलालाई सुझाव समेत दिएकी छन ।
संसदिय मामिला रेपोर्टिङ्मा पत्रकार महिलाको संख्या बिगतको तुलनामा बढ्दैं बताइएको छ ।२०४६ पछिको राजनीतिक परिर्वतन संगै संसदिय रेपोर्टिङ्को दायरा थप फराकीलो भएको मुख्य प्रशिक्षक तथा बरिष्ठ पत्रकार जगत नेपालले यस्तो बताएका हुन ।भ्रर्चुल कार्यक्रम नेपालले संसदीय पत्रकारितका आधारभुत पक्ष माथी प्रकाश पार्दै, नेपालमा संसदीय व्यवस्थाका बिकासक्रम, संघीय व्यवस्था, संविधानसभा र संघीय संसदको भिन्नता बारे समेत प्रकाश पारेका थिए । पत्रकार नेपालले जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी बनाउन पत्रकारको भुमिका महत्वपुर्ण हुने भन्दै दुबै व्यवसायीक सिमाभित्र रहेर काम गर्नुपर्नेमा जोड दिएका हुन ।

कार्यक्रमका अर्का प्रशिक्षक बरिष्ठ पत्रकार हरीबहादुर थापाले संसद एउटा कानुन निर्माणको औपचारीक थलो भएको हुदाँ त्यहाँ हुने हरेक गतिबीधि समाचारको स्रोत हुने बताए । उनले भने, ति सबै गतिबीधिमा पत्रकार सधै चनाखो रहनु पर्ने हुन्छ । संसदिय रिपोर्टिगंलाई थप प्रभावकारी बनाउन स्रोत संगको संवाद महत्वपूर्ण हुने उनको भनाइ छ । अन्य बिटको तुलनामा संसदिय रिपोर्टिगमा संसदिय नियमावली लगाएतका दस्तावेजहरुको गहन अध्यन गर्नुपर्ने भएकाले यसलाई सामान्यरुपमा लिन नहुने थापाको सुझाव छ ।

यस्तै युएनडिपीका राष्ट्रिय परियोजना प्रबन्धक राज बहादुर श्रेष्ठले बिशेष गरी दलित, जनजाती लगाएतका महिला सांसदहरुले बोलेका कुरा निकै कम मात्रामा संचारमाध्यमहरुमा आउने र संसदीय पत्रकारितामा पत्रकार महिलाहरुको संख्या निकै कम भएकाले क्षमता अभिवृद्धिका लागी यस्तो तालिम आयोजानले थप सहयोग हुने बताए । त्यस्तै नेपालमा संसदीय पत्रकारितामा पत्रकार महिलाको उपस्थीतिको कमीको कारणले यस्तो तालिम आयोजना गरेको डब्लुडब्लुजेका अध्यक्ष अम्बीका राजथलाले बताइन । युएनडिपीको अर्थ र संसदीयको सहयोगमा डब्लुडब्लुजेले २ दिने उक्त भ्रर्चुल तालिमको आयोजना गरेको हो ।