जुम्लाको सिद्धि बिनायक सामुदायिक वनमा आगलागी ।
दिलमाया शाही
जुम्लाको सिद्धि बिनायक सामुदायिक वनमा आग्लागी भएको छ । चन्दननाथ नगरपालिका ४ मालाभिड स्थित सामुदायिक वनमा मंगलबार दिउसो १२ बजे आगलागी भएको हो । सामुदायिक वनमा आगालगी हुँदा डेढ हेक्टर वनक्षेत्रमा क्षती भएको छ । स्याउला सोत्तर ल्याउन वनमा गएका महिलाहरुको लापरबाहिले आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, स्थानीय तथा वन कार्यालयका कर्मचारीको सहभागीतामा रहेको सिद्धि बिनायक सामुदायिक वनका सचिव देबिप्रसाद सिमखाडाले बताए । उनका अनुसार वनमा आगलागी हुँदा साना तथा ठुला सयौ रुख विरुवा जलेर नष्ट भएका छन् ।समयमै पुगेको नेपाली सेना, प्रहरी तथा स्थानीयको सहयोगका कारण ठुलो क्षती हुनबाट जोगिएको सचिव सिमखाडाको भनाई छ ।
सिद्धि विनायक सामुदायिक वनको डेढ हेक्टर क्षेत्रमा आगलागी हुँदा करिब १५ सय देखि २ हजार सम्म साना विरुवा तथा ठुला रुखलाई असर परेको छ ।, साना विरुवा जलेर नष्ट भएपनि ठुला रुखलाई सामान्य असर पारेको स्थानीयले बताएका छन् । ठुला रुख जलेर नष्ट नभए पनि सुक्ने समस्या हुने स्थानीयको चिन्ता छ । चाडै बृक्षारोपणको कार्यक्रम गरिन दिन समेत उनिहरुले सम्बन्धीत निकाय संग माग गरेका छन् ।
यता,जिल्ला वन कार्यालय जूम्लाका सहायक वन अधिकृत भावना शाहिले आगालगीबाट सामुदादिक वनको डेढ हेक्टर जमिनमा क्षती भएको छ । उनले भनिन,“डेढ हेक्टर वनमा देवदियार तथा सल्लाका सयौ साना विरुवा जलेर नष्ट भएका छन् ।” आगलागी भएको वनमा चाडै वृक्षारोपण कार्यक्रम गरिने सहायक वन अधिकृत शाहिको भनाई छ । वन क्षेत्र घट्दै गएको अबस्था वन जंगलको सरंक्षण तथा प्रर्बद्धनमा सबै जुट्नु पर्नेमा उनको जोड छ ।वनमा जाँदा सावधानी नपआनाएकै कारण वन क्षेत्र आगलागीको चपेटामा परिरहेकाले सबै सचेत रहन वन कार्याले आग्रह समेत गरेको छ ।








