सरकारले सामुदायिक वनमा संरक्षण क्षेत्र बिस्तार गर्ने भएपछि वन उपभोक्ता महासंघ आन्दोलित ।
दिलमाया शाही
आन्दोलितसरकारले देशका विभिन्न स्थानका संरक्षण क्षेत्र, निकुञ्ज, आरक्षण क्षेत्र बिस्तार गर्ने बिषयमा वन उपभोक्ता महासंघ आन्दोलित भएको छ । सरकाले गरेको काठ कटान, ओसार पसार र विक्रि वितरणमा रोक लगाएको विषयमा सामुदायिक बनउपभोक्ता महासंघ आन्दोलनमा उत्रेको हो ।
सरकार प्रति वन महासंघले देशभर विभिन्न आन्दोलनहरु गरिरहेको अवस्थामा जुम्लाको वनउपभोक्ता महासंघले बिभिन्न अन्दोलनका कार्यक्रम गर्ने बताएको छ । वनउपभोक्ता महासंघले जुम्लाका अध्यक्ष गोकर्ण चौलागाई सहितको समितिले मंगलबार पत्रकार सम्मेलन गरी सरकारले जेठ १५ गते देखी सामुदायिक वनको अधिकार खुम्चाएको भन्दै पैरवि स्वरुप आन्दोलन गर्ने बताए । उनले भने सरकारको यो कार्यले प्रत्यक्ष नागरिकलाई प्रभाव पर्ने भएको छ ।महासंघ केन्द्रले निर्देशन गरे अनुसार मंसिर ७ गते देखी सरकारका विभिन्न निकायहरुलाई ज्ञापन पत्र बुझाउने ,पत्रकार सम्मेलन सहित विभिन्न कार्यक्रमहरु भईरहेका छ ।
यसका लागी जुम्लामा पनि विभिन्न दवाव मुलक कार्यक्रम गरिने छ उनले भने , ।महासंघले सार्वजनिक गरेको आन्दोलनमा मंसिर १० गते कर्णाली र लुम्विनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय तथा उद्योग वन तथा वातावरण मन्त्रालयमा ज्ञापन पत्र दिने कार्यक्रम रहेको सामुदायिक बनउपभोक्त महासंघका केन्द्रीय अध्यक्ष भारती पाठकले बताए । उनले भने मंसिर १२ देखी १५ थते भित्र स्थानीय तह र वन डिभिजन कार्यालयमा ज्ञापन पत्र दिईने कार्यक्रम छ ।
मंसिर २० देखी २४ गते सम्म स्थानीय तह, वनडिभिजन कार्यालय, र मंसिर २४ देखी ३१ गते प्रदेश र पुष २ देखी ५ गते सिंहदरवार घेराउ गरिने कार्यक्रम रहेकोे अध्यक्ष भारतीले बताए । उनले सामुदायिक वनको बिषयमा विभिन्न छलफलमा भएका सहमति समेत कार्यान्वयन नभएको बताएका छन ।








