बर्खास्त पूर्व पदाधिकारीलाई पुनः करार ?

KAHS मा ‘टार्गेटेड’ विज्ञापन र म्याद थप प्रकरणले चर्कियो विवाद

जुम्ला: जुम्ला स्थित Karnali Academy of Health Sciences अर्थात् कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS) मा पुनः नियुक्ति र करार म्याद थपको विषयलाई लिएर नयाँ विवाद सतहमा आएको छ। नेपाल सरकारद्वारा यसअघि बर्खास्त गरिएका पूर्व रेक्टर डा. डवल बहादुर धामी र पूर्व डिन डा. प्रेनित पोखरेललाई पुनः प्रतिष्ठानमा फर्काउने तयारी भइरहेको आशंकापछि प्रतिष्ठानभित्र तथा सरोकारवालामाझ प्रश्न उठ्न थालेका छन्।

प्रतिष्ठानबाट सार्वजनिक गरिएको करार सेवाको विज्ञापनमा “MD in Dental” अन्तर्गत प्रोफेसर, एसोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर तथा लेक्चरर पद माग गरिएको छ। तर प्रतिष्ठानभित्र डेन्टल विषयको नियमित पढाइ नै सञ्चालनमा नरहेको अवस्थामा यस्तो पद सिर्जना गरिएको विषयलाई लिएर शंका उत्पन्न भएको छ। सरोकारवालाहरूका अनुसार वास्तविक शैक्षिक आवश्यकता भन्दा पनि निश्चित व्यक्तिलाई पुनः प्रतिष्ठानमा ल्याउने उद्देश्यले पद सिर्जना गरिएको हुन सक्ने आशंका गरिएको छ।

त्यस्तै, फार्माकोलोजी विभागमा हाल पाँच जना करार कर्मचारी कार्यरत हुँदाहुँदै पनि “MD in Pharmacology” अन्तर्गत थप पद माग गरिएको विषयले पनि आलोचना बढाएको छ। आलोचकहरूले यसलाई पूर्व रेक्टर डा. धामीलाई पुनः व्यवस्थापन गर्ने रणनीतिक प्रयासका रूपमा व्याख्या गरेका छन्।

यसैबीच, तत्कालीन उपकुलपति डा. पुजन कुमार रोकायाद्वारा जारी गरिएको पत्रमा डा. डवल बहादुर धामीको करार सेवा अवधि २०८२ कात्तिक ३० गतेदेखि लागू हुने गरी थप एक वर्षका लागि नवीकरण गरिएको देखिन्छ । उक्त पत्र सार्वजनिक भएसँगै प्रतिष्ठानको नियुक्ति प्रक्रिया, अधिकारको प्रयोग तथा प्रशासनिक निर्णयमाथि थप प्रश्न उठेका छन्।याे पत्र हेर्दा तत्कालीन उपकुलपति हस्ताक्षर डिजिटल स्कान हालेर पुरानाे मिति राखेर एक वर्ष लागु हुने गरी राखिएकाे देखिन्छ ।प्रतिष्ठान एक कर्मचारी अनुसार म्याद थपकाे पत्रका डिजिल हस्ताक्षर भएकाे भन्दै लेखाले उनकाे तलब समेत राेखेकाे बताए ।

प्रतिष्ठानभित्र शैक्षिक तथा प्रशासनिक निर्णय प्रक्रियामाथि निरन्तर प्रश्न उठिरहेका बेला सरोकारवालाहरूले पद सिर्जनाको आधार, आवश्यकताको औचित्य तथा नियुक्ति प्रक्रियाबारे स्पष्ट र पारदर्शी जानकारी सार्वजनिक गर्न माग गरेका छन्। उनीहरूले सार्वजनिक संस्थामा हुने नियुक्ति प्रक्रिया निष्पक्ष, आवश्यकतामा आधारित र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन्।
यता प्रतिष्ठानका निमित्त निर्देशक डा. विनमर बिष्टले भने प्रतिष्ठानमा पढाइ भइरहेको विषयका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न करार विज्ञापन खोलिएको बताएका छन्। उनका अनुसार “पढाइ भइरहेका विषयमा आवश्यकता भएकै कारण करार विज्ञापन आह्वान गरिएको हाे । तर प्रतिष्ठान स्रोतका अनुसार त्यहा अहिले सम्म डेन्टल बिययमा पढाई भने भएकाे देखिदैन ।भने अर्काे फार्माकाेलिजिमा यश अघिनै पाँच जना करार प्रध्यापकहरु छन ।त्यहा आश्यक छैन ।बर्खास्तमा परेका डिन र रेक्टर बचाउन याे बिज्ञापन गरिएकाे देखिन्छ ।
तर विज्ञापन सार्वजनिक भएको समय, करार म्याद थपको पत्र, र पद सिर्जनाको प्रकृतिलाई लिएर प्रतिष्ठानभित्रै विभिन्न टिकाटिप्पणी हुन थालेका छन्। यस विषयमा प्रतिष्ठान प्रशासनको विस्तृत औपचारिक धारणा भने अझै सार्वजनिक हुन बाँकी रहेको छ।