“जुम्ला समृद्ध अन्तरसंवाद”कार्यक्रम भाेली हुँदै

जुम्ला :जुम्ला समृद्ध अन्तरसंवाद”कार्यक्रम भाेली हुने भएकाे छ ।  जुम्लाकाे समग्र  विकास, सुशासन, लोकतान्त्रिक अभ्यास तथा नागरिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यका साथ जुम्ला समृद्ध अन्तरसंवाद कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिँदै आयोजक टिमले पत्रकार सम्मेलन गरेको छ।

कर्णाली जेन–जी समूहको आयोजनामा हुन लागेको उक्त कार्यक्रम यही माघ २९ गते सञ्चालन गरिने जनाइएको छ। कणार्ली प्रदेश संयोजक सु–प्रिय राजलक्ष्मी शाहीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरूसँग खुला अन्तरसंवाद गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।उहाँहरूले जुम्लालाई समृद्ध बनाउने विषयमा उम्मेदवारहरूको एजेण्डा, योजना र प्रतिबद्धता सार्वजनिक बहसका माध्यमबाट नागरिकसमक्ष ल्याउने उद्देश्य रहेको बताउनुभयो। युवाकाे जाेस समृद्धि कर्णाली ” भन्ने मूल नारासहित कार्यक्रम पूर्ण रूपमा स्वतन्त्र नागरिक पहल अन्तर्गत आयोजना गरिएको आयोजकले स्पष्ट पारेको छ।

पत्रकार सम्मेलनमा जेन–जी समूहका प्रतिनिधि मनिष रोकायाले युवाहरूले आफ्ना प्रतिनिधि तथा उम्मेदवारसँग प्रत्यक्ष संवाद गर्न पाउने राम्रो कार्यक्रम रहेकाे बताउनु भयाे । उहाँले लोकतान्त्रिक अभ्यास सुदृढ बनाउन र जुम्लाको भविष्य सुनिश्चित गर्न युवाहरू सक्रिय हुनुपर्ने धारणा राख्नुभयो। साथै, जेननी आन्दोलनमा ज्यान गुमाएकाहरूको सपना साकार पार्न युवाहरू अग्रसर हुनुपर्ने उहाँको भनाइ थियो।

आयोजकका अनुसार कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास, महिला तथा युवाको भूमिका, सुशासन तथा कर्णाली र जुम्लाको दीर्घकालीन समृद्धिसँग सम्बन्धित विषयमा खुला छलफल गरिनेछ। कार्यक्रममा प्राप्त सुझाव, धारणा र निष्कर्ष सम्बन्धित निकायसम्म पु¥याउने लक्ष्य रहेको जनाइएको छ।
जुम्लाका युवाहरूले यो अन्तरसंवाद कार्यक्रम उम्मेदवारहरूसँग आफ्ना सवाल र अपेक्षा राख्ने उपयुक्त अवसर भएको बताएका छन्। उनीहरूले उक्त कार्यक्रममा सहभागिता जनाउन नसक्ने उम्मेदवार जुम्लाको विकासप्रति गम्भीर नभएको ठानिने टिप्पणीसमेत गरेका छन्।

आयोजक टिमले कार्यक्रम सफल बनाउन सञ्चारकर्मी, नागरिक समाज, राजनीतिक दल, उम्मेदवार तथा सम्पूर्ण जुम्लाबासीमा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।कार्यक्रम भाेलि ठिक ११बजे हुने छ।

सम्बन्धित समाचार