प्रदुषित खोनपानीका कारण लाग्ने रोगबाट जनतालाइ बचाउन फिल्टर बितरण
जयलाल कठायत जुम्ला ः
प्रदुषित खोनपानीका कारण लाग्ने रोगबाट बचाउनको लागि जुम्लाको गुठिचौर गाउँपालिका वडा नं. ३ ले हरेक घरमा फिल्टर बितराण गरेको छ । यस्तो महामारीमा झनै शुद्ध र सफा खानेपानीको प्रयोग गर्नु पर्ने भएकोले जनतालाई फिल्टर बितरण गरिएको वडाध्यक्ष प्रेमबहादुर बुढाले बताए । वडाध्यक्ष बुढाले भने,‘जहाँतही कोरोना महामारीको त्रास छ । यो बेला शुद्ध खानेपानी खान अपरिहार्यता छ । सरसफाईका क्रियाकलाप लाई पनि जोड दिन जरुरी छ । त्यसैले वडाबासीको घरघरमा फिल्टर बाँडिएको हो । कोरोना संकटपुर्ण घडिमा यो कार्य निकै सान्दर्भिक छ । ’
पाँच लाख रुपैयाँको लागतमा फिल्टर खरिद गरिएको हो ।
गुठिचौर ३ का झण्डै ४ सय घरधुरीलाई फिल्टर वितरण गर्ने लक्ष्य रहेको छ । पहिलो चरणमा ३ सय १० घरपरिवारलाई फिल्टर दिइएको हो । बाँकी ९० घरपरिवारलाई छिट्टै फिल्टर उपलब्ध गराउने वडाध्यक्ष बुढाले बताए । पानी जन्य रोगबाट बच्न सबैले पानी शुद्धिकरण गरी प्रयोग गर्नजरुरीछ । खानेपानी अशुद्ध भएमा अनेकन प्रकारका रोग लाग्ने हुँदा त्यसबाट बचाउन फिल्टर प्रदान गरिएको वडाकार्यालयले जनाएको छ । खानेपानीका कारण वडाबासीको स्वास्थ्य अवस्था बिग्रन नदिने फिल्टर बितरण गरिएको हो ।गाउँमा धेरै मानिसले पानी शुद्धिकरण गरी प्रयोग गर्देनन । त्यसले गर्दा विभिन्न रोग लाग्ने खतरा छ । यसअघि धुलोे धुवाबाट जोगिनको लागि घरघरमा ग्याँस बाँडिएको थियो








