जुम्लामा राजनैतिक संरक्षणले अपराध बढ्दै गएको पीडितको आरोप ।

दिलमाया शाही जुम्ला
जुम्लामा राजनैतिक संरक्षणले अधिकांस अपराध बढ्ने गरेको एक महिना देखी वेपत्ता धन गिरीका दाजु भैरे गिरीले बताएका छन । उनले भने जुम्ला जिल्लामा ठुला ठुला अपराधिक गतिबिधि हुन्छन तर पीडितले न्याय पाउदैनन । उनले थपे जब सम्म प्रहरीलाइ स्वतन्त्रतापुर्वक अनुशन्धान गर्न दिइदैन तब सम्म यस्ता घटनाहरु घटिरहने छन ।
एक महिना देखी वेपता ट्याक्टर चालकको खोजीमा भौतारिदै आफ्न्त

गत असोज १५ गते गुठिचौरको मणि साँघुमा सामान पु¥याउन गएका २५ वर्षीय धन गिरी एक महिना देखी वेपता छन ।चन्दननाथ नगरपालिका ९ बयालकाटिया निवासी मन्न गिरीका छोरा धन गिरी ट्याक्टर चालक हुन । पीडित परिवारले अहिले सम्म उनी जिवित वा मृत्यू कस्तो अवस्थामा छन भन्ने कुनै जानकारी नपाएको भन्दै भौतारिदै आएका छन । उनिहरुले उनको खोजीकार्य गर्न माग गर्दै जुम्ला बजारमा पुगेर पत्रकार सम्मेलन गरेका हुन । उनिहरुले अनुसन्धानमा थप जोड दिन सम्बन्धीत निकायको ध्यानाकर्षण गरिएका छन । वेपता धन गिरी गुठीचौरबाट देपालगाउँ हुदै ट्याक्टरमा सदरमुकाम आउदै गर्दा अपहरण गरिएको आफन्तको आरोप छ ।

ध्यानाकर्षण पत्रमा वेपत्ता भनिएका व्यक्तिका दाजु भैरे गिरीले भाइ धन गिरीको अवस्था मृत्यू हो वा जिवित अवस्थामा छ पत्ता लगाउन भन्दै, जिल्ला प्रहरीमा दिएको जाहेरीलाई एथासिघ्र कार्यान्वयन गर्न, घटनाको कसुर सँग सम्वन्धित व्यक्तिको कल डिटेल अनुसार बास्तविकता बुझ्न, अनुरोध गरेका छन । उनले जारी गरिएको ध्यानाकर्षण पत्रमा भनिएको छ , वेपत्ता ट्याक्टर चालकको वालवच्चा र श्रीमतिको व्यवस्थापन गर्न भन्दै मानव अधिकारआयोगको समेत ध्यानाकर्षण गराएका छन् ट्याक्टर आउदै गर्दा सहसचालक सम्पर्कमा आउनु र चालक बेपत्ता हुनु रहस्यमय भएको आफन्तले आरोप लगाउदै घटनाको सत्यतथ्य पत्ता लगाइ दोषिमाथी कानुनी कार्बाहीको माग गर्दै नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद, गृह मन्त्रालय, कर्णाली प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सहित सरोकारवाला निकायलाई वोधार्थ जानकारी गरिएको छ ।
अनुसन्धनका लागि ५ जना पक्राउ गरिएको प्रहरीको दाबी ।

जिल्ला प्रहरी कार्यालय जुम्लाले गिरीलाई असोज १५ गते गुठचौर ५ लामाकारामा गुडिरहेको ट्याक्टरबाट अपहरण गरि वेपत्ता भएको जाहेरी परेको बताएको छ । जिल्ला प्रहरी कार्यालयले घटनामा संलग्नताको आशंका र आफन्तले दिएको जाहेरीको आधारमा ५ जनालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले बताए । उनले भने   ५ जनामा दुई जना नावालक रहेका छन । उनका अनुसार अहिले अपरण र वेपत्ताको मुद्धा अगाडि बढिरको छ ।यस अघि प्रहरीले वेपत्ता व्यक्तिको खोजी कार्यमा रातदिन खटिरहेको थियो । चन्दननाथ नगरपालिका –९ बयालकाटियाका २५ वर्षीय धन गिरी ट्याक्टर चालक हुन् । उनी सोही नगरपालिका – ५ कालेखोलीकी रेणु शाहीको लु ३ त ९६२२ नम्बरको ट्याक्टर चलाउदै आएका थिए ।
गुठीचौर गाउँपालिका – १ मुणिसाँघुका कर्ण बस्नेतको घरमा सामान छोडेर रित्तो ट्याक्टर ल्याएर जुम्लाको सदरमुकाम खलङ्गा फर्कने क्रममा उनलाइ गुठीचौर गाउँपालिका – ५ लामाकार भन्ने स्थानबाट बेपत्ता पारिएको हो ।
सोही वडाका विमल महत, द्धन्द्धबहादुर शाही, सागर गिरी र विनोद गरीले ट्याक्टर चालक धन गिरीलाई १५ असोज राती हातपात र ढुंगामुढा गरी बेपत्ता पारेको उनका दाई भैरे गिरीको आरोप छ । उनले भने महिना दिनसम्म नत भाईको लास भेटिएको नत शास नै । लामो समयसम्म घटनाको छानविन नहुनुमा पीडित पक्षले आपत्ति जनाएका छन् ।
घटनाको छानविन गरी दोषीमाथि कारवाही गर्न पीडितका आफन्तले माग गरेका छन् । पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा अपहरण तथा व्यक्ति बेपत्ता सम्वन्धी उजुरी दर्ता गरेका छन ।उक्त घटनामा संलग्न रहेको आरोपमा गुठीचौर गाउँपालिका – ५ का विमल महत, द्धन्द्धबहादुर शाही, सागर गिरी र विनोद गिरीलाई नियन्त्रण लिएर अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक माधब प्रसाद काफ्लेले बताए ।

प्रहरीनायव उपरीक्षक काफ्लेले भने ट्याक्टर मालिक रेणु शाहीलाई पनि प्रहरी नियन्त्रण लिएर अनुसन्धान भइरहेको छ । उनले भने प्रहरी निरन्तर घटनाको अनुसन्धानमा खटिएको छ । घटनाको प्रकृति अनुसार अनुसन्धान ढिलोचाँडो हुन्छ तर सत्य तथ्य पत्ता लाग्ने नै विश्वास गरिएको छ । करिब एक साता अघि गुठिचौर गाउँपालिका खल्लावाडाका कमल जैसीको शव वोहोरा गाउँ जाने तिला नदिको पुलमा पानीमा डुवेको अवस्थामा प्रहरीले भेटाएको थियो ।