देशभर २ हजार ८२४ जनामा कोरोना सङ्क्रमण पुष्टि

मुलुकभर थप २ हजार ८२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयले आज आयोजना गरेको कोरोना सम्बन्धि जानकारीका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने पछिल्लो २४ घण्टामा २ हजार ८२४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । उनका अनुसार देशभर हाल सम्म सङ्क्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ । त्यसैगरी हालसम्म देशभरी सक्रिय सङ्क्रमितको संख्या ३७ हजार ७६५ रहेको छ

सम्बन्धित समाचार