जुम्लाबाट सुर्खेत जाँदै गरेको जीप कालिकोटमा दुर्घटना : चालक सहित ८ जना घाइते
जुम्ला:जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको जीप कर्णाली राजमार्गमा दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् भने अन्य सात जना सामान्य घाइते भएका छन्।
दुर्घटनामा राष्ट्रिय मानव अधिकार आयोग जुम्ला कार्यालयकी प्रमुख कल्पना नेपाल आचार्य समेत सवार रहेको जीप करिब पाँचपटक सडकबाट तल पल्टिएको बताइएको छ। कल्पना नेपालका अनुसार, मानवीय क्षति नभएको र सबै यात्रु बाँच्न सफल भएका छन्। उहाँको हेलिकप्टरमार्फत उद्धार गरी हाल सुर्खेतको बाबियाचौरमा ल्याइएको र थप उडानको तयारी भइरहेको जानकारी दिइएको छ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार, हिलसाइड होटल नजिक बिहान करिब १०ः३० बजे ‘भिजिट कर्णाली यातायात प्रा.लि.’को कर्णाली प्रदेश ०२००१ ज ०६३७ नम्बरको जीप सडकबाट तल खसेको हो।
दुर्घटनामा कास्की पोखरा–२९ निवासी २८ वर्षीया डा. रुवी थापा गम्भीर घाइते भएकी छन्। उनको करङमा गम्भीर चोट लागेको जनाइएको छ। उहाँ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा कार्यरत डाक्टर हुनुहुन्छ।अन्य सामान्य घाइते यात्रुहरूमा निम्न व्यक्ति रहेका छन्:कल्पना नेपाल आचार्य, राष्ट्रिय मानव अधिकार आयोग, जुम्ला (पाल्पा, मातागढी गा.पा. –१ निवासीडा. सुनिल ज्ञवाली, तिलागुफा अस्पताल, कालिकोट (गुल्मी, सत्यवती गा.पा.–३ निवासी अञ्जना धामी, नर्स, तिलागुफा अस्पताल, कालिकोट (दार्चुला, नौगुफा निवासी हार्लेन तामाङ, २६ वर्ष, मुगु, कार्मारोङ–२ निवासी,देवेन्द्र अधिकारी, ३५ वर्ष, बाँके, कोहलपुर–८ निवासीहिक्मत जिरेल, कर्णाली प्राविधिक शिक्षालयमा कार्यरत (दोलखा निवासी)रत्न प्रसाद अधिकारी, चालक, २५ वर्ष, वीरेन्द्रनगर नगरपालिका–९ निवासी घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा नजिकको स्वास्थ्य संस्थामा पुर्याइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।









