माओवादी केन्द्रको चन्दननाथ नगरपाटी कार्यालय उद्धघाटन


जुम्ला : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को चन्दननाथ नगर कमिटिले नगरपाटी कार्यालय उद्धघाटन गरेको छ। चन्दननाथ नगरकमिटले आईतबार एक कार्यक्रमका बिच नगरपाटी कार्यालय जुम्ला बजारमा उद्धघाटन गरेको हो ।

कार्यक्रममा (माओवादी केन्द्र) पाटीका केन्द्रीय सल्लाकार सदस्य डाक्टर कलबहादुर रोकाया ,सह इन्चार्ज गोमा गौत्तम कुंवर ,नगरकमिटीका अध्यक्ष सुरेन्द्र बहादुर महतले संयुक्त रुपमा उद्धघाटन गरेका थिए । नगरपाटी कार्यालय उद्धघाटन पछि प्रमुख अथिति तथा पाटी सह इन्चार्ज कुंवरले सुखि ब्यक्त गरिन ।उनका अनुसार नगर कमिटिले माओवादी केन्द्रको नगरपाटी कार्यालय पहिलो पटक स्थापना गरेको हो ।उनले अब यस कमिटिले माओवादीको संगठन निर्माणको लागी जनताको माझ जान अनुरोध गरिन ।


त्यस्तै गणतन्त्रको रक्षा अहिले मुख्य कार्यभार रहेको नगर कमिटिका अध्यक्ष सुरेन्द्र बहादुर महतले बताए । उनले माओवादीको सांस्कृतिक आचारण स्खलित हुँदा पार्टी कमजोर भएको भन्दै उनले पार्टी निर्माणको लागि नयाँ उर्जाका साथ अगाडि बढने बताए ।

त्यस्तै नगरका सचिब कृष्ण सुनारले हनीमा माओवादीलाई पुरानै अबस्थामा फर्काउने योजनाका साथ काम अगाडि बढाउने बताए । उनले नगरको पाटी कार्यालय उद्घाटन पछि बैचारिक तथा राजनैतिक प्रशिक्षण कार्यक्रम गर्ने बताए ।उक्त कार्यक्रममा वाइसेलका केन्द्रीय सचिब ,केन्द्रीय सदस्यहरु र जिल्ला अध्यक्ष ,चन्दननाथ नगर पालिकाकामा माओवादी पाटीबाट प्रतिनिधित्व गरेका जनप्रतिनिधिको सहभागीता रहेको थियो ।