स्थानिय सरकारलाई चुनौती दिदै ,थकालीले दिए बिपन्नलाई राहत ।

दिलमाया शाही जुम्ला
गुठीचौर गाउपालिकामा स्थानीय सरकारलाई चुनौति दिर्दै जनक थकालीले बिपन्नलाई राहत दिएका छन । कोरोनाको महामारीमा ‘स्थानीय सरकारले बाँड्नु पर्ने राहत एक्लो ब्यक्तिले बाँडदा सरकारलाइ चुनौती बनेको हो । किनकी अहिले सम्म स्थानीय सरकारले यत्रो ठुलो संख्यामा धेरै राहत दिन सकेको अवस्था छैन् । तर कार्यपालिका सदस्य एउटै ब्यक्तिले ९ सय परिवारलाई राहत दिएका हुन् ।उनले ९ सय परिवारलाई २३ लाख बराबरको राहत बाँडेका छन । थकालीले ९ सय परिवारलाई २० केजी चामल, एक पाकेट तेल दिएका हुन । दशैको मुखमा संकटमा परेका स्थानीयलाई दिएको राहतले उनिहरुको जिविकोपार्जनमा सहजता ल्याएको छ । गुठीचौर गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारी, उपाध्यक्ष जानदेबी ऐडी, नेकपा जिल्ला सचिवालय सदस्य आदीप्रसाद न्यौपाने, नेपाली काँग्रेसका गुठिचौर गाउँपालिका सभापति अर्जुन महतारा रोवरमा राहत हस्तान्तरण गरिएको हो ।

राहत लिन आएका स्थानीय उजेला रोकाया लगायतले थकालीलाइ्र्र खादा र अविर लगाएर सम्मान गरेका थिए । उनीहरुले संकटका समयमा असल ब्यक्तित्व भेटाएको महशुस गरेका हुन । उनिहरुले सधैंभरी यस्ता ब्यत्तिको साथ सहयोग आबश्यक रहेको बताएका छन । बिगत केही समय देखी जनक थकाली जडिबुटी व्यवसायी हुन । उनले यार्सागुम्वा र सेतक चिनि संकलन गर्दै आउने गरेका छन ।राहत वितरण गर्दै थकालीले भने,‘यो राहत मैले रुपैयाँ धेरै भएर बाँडेको होइन । मलाई तपाईहरुले जडिबुटी दिनु भयो । मुनाफा आएको रकमले हजुरहरुलाई संकटको बेला सानो साथ मात्र दिइएको हुँ । उनले थपे मैले दिएको राहतमा कुनै स्वार्थ छैन् ।’यस वर्ष कोरोना भाइरसका कारण स्थानीयले जडिबुटी संकलन गर्न सकेका छैनन् । यस अघि उनिहरुको आम्दानीको स्रोत नै जडिबुटी हो ।

जडिबुटी यो बर्ष संकलन हुन सकेन् । संकलित जडिबुटी समेत निश्चित गन्तब्यमा पुग्न सकेको छैन् । उनले भने,‘अब हामी कृषि व्यवसायमा सहभागि बनौँ । तपाइहरुले उत्पादन गरेको हरेक कृषि वस्तुको व्यवस्थापनमा साथ दिने छु । थकालीले भने कृषि बस्तु बजारीकरणमा कुनै अभाव हुन दिनेछैन् ।’त्यस्तै स्थानीय नेता अर्जुन महताराले बिपन्न नागरिकको दुखको बेला राहत दिएकोमा खुसि पोखेका छन । उनले जनताको सुखदुखमा सारथी बनिदिएकोमा आभार समेत ब्यक्त गरेका हुन । उनले भने,‘स्थानीय सरकारले बाँड्नु पर्ने राहत एक्लो ब्यक्तिले बाँड्नु राम्रो पक्ष हो ।’राहत लिन आएका स्थानीयले आगामी दिनमा पनि सुख दुखमा साथ दिन आग्रह गरेका छन ।