बेबारिसे अवस्थामा सुर्खेतमा भेटीएकी जुम्लाकी एक महिला ,स्थायी ठेगानाको जोखीमा
दिलमाया शाही
बेवारिसे अवस्सथामा उद्धार गरिएकी जुम्लाकी एक महिला स्थायी गेठगानको खोजीमा छन ।सामाजिक विकास मन्त्रालय सुुुुुर्खेत र मानव सेवा आश्रमले उद्धार गरेर एक बर्ष देखी संरक्षणमा रहेकी ति महिलाको स्वास्थ्य अवस्था सुध्रिएपछि स्थायी गेठानाको खोजीमा रहेकी हुन । उनको अवस्था सुध्रिएपछि आफ्नो ,घर जान खोजिरहेकी सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले बताउनु भयो । उहाले भन्नुभयो ,जुम्ला सिञ्जा मात्रै भन्छिन तर गाउँ भन्न नसक्ने ति महिलाको डोईला क्षेत्री नाम हो । उहाँ सँग अहिले दुई छोरी साथमा छन् । घर जान्छु भन्नु हुन्छ तर उहाको घर जुम्लाको कुन ठाउहो भन्ने थाहा छैन ।२०७६ भाद्रमा सुर्खेतको बराहतालबाट उद्धार गरि मानव सेवा आश्रम सुर्खेतमा सामाजिक विकास मन्त्रालय, मानव सेवा आश्रमले संरक्षण गरि राखेको छ । उहा अहिले सन्चो हुनु भएको महिला बिकास अधिकृत ज्ञवालीले बताउनु भयो ।उहाँलाई सन्चो भएपनि घर कुन गाउँ हो पहिचानको प्रयास भईरहेको छ ।
उद्धार गरिएको अवस्था बाट अहिलेको अवस्थामा आमा र छोरी स्वस्थ्य रहेको देखिन्छ ।अधिकृत ज्ञवालीले भन्नुभयो, उहाँको घर पत्ता लगाउन स्थानीय प्रशासन सँग समेत कुरा गर्ने तयारी भईरहेको छ । अव जुम्लाका सिञ्जा क्षेत्रका सिञ्जा, कनकासुन्दरी र हिमा गाउँपालिका र वडापालिका संग उहाको स्थाइ ठेगानाका लागी खोजी गर्न समन्वय गरिने छ । यदि घर, गाउँ र अभिभावक पत्ता लागेमा सम्पर्क नम्बर ९८५८०६३५०५, ९८४८३००८६८, ९८५५०७६००६ मा सम्पर्क गरि खबर गरिदिन अनुरोध गरिएको छ। यता मानवसेवा आश्रमका सृजना वलीका अनुसार २०७६ साल भदौ महिनामा बहराताल गाउँपालिकामा बच्चा सहित वेवारिसे अवस्थामा भेटाईएको र अहिले आश्रममा पूर्ण स्वस्थ भईसकेकाले अब उहा आफै घर जान तयार भएको बताउनु भयो ।








