सहकारीले नै कर्णाली प्रदेशको समृद्धी हुने ःरजिष्टार बस्नेत


दिलमाया शाही
सहकारी सस्थाले नै कर्णाली प्रदेशको समृद्धीमा टेवा पुग्ने कर्णाली प्रदेश भुमी ब्यवस्था कृर्षी तथा सहकारी मन्त्रालय अन्तरगत्त रजिष्टारको कार्यालय सुर्खेतका रजिष्टार राजु बस्नेतले बताउनु भएको छ । कर्णाली प्रदेशको राजधानी बाट जुम्ला जिल्लाका सक्रिय सहकारीहरुको अनुगमान गर्न जुम्लाको चन्दननाथ बहुउद्देश्य सहाकारी सस्थामा पुग्नु भएका रजिष्टार बस्नेतले यस्तो बताउनु भएको हो । उहाले भन्नु भयो सरकारले सहकारीलाइ आत्मा निर्भरताको एक महत्वपुर्ण खम्बाको रुपमा लिएको छ ।उहाले भन्नु भयो ,सहकारी बिना नागरिकको आर्थिक समृद्धी सम्भव छैन ।
यसकारणले पनि सहकारी मार्फत उत्पादन लाई बृद्धी गरी रोजगारी संग जोड्न आबश्यक छ । उहाले भन्नुभयो त्यो कार्यको सुरुवात चन्दननाथ सहकारीले गरेको छ । रजिष्टार बस्नेतले भन्नुभयो ,कर्णाली प्रदेश सरकारले अर्गानिक प्रदेश घोषणा गरेको छ । सरकारको उद्देश्य अनुसार चन्दननाथ सहकारी पनि जुम्लामा पहिलो पटक अर्गानिक पसल उद्धघाटन गरेको छ । यसले समग्र सरकारलाई पनि उर्जा थप्ने काम गरेको छ । उहाले भन्नु भयो ,यसलाई अझै प्रभावकारी बनाउनका लागी प्रदेश सरकार लागी पर्ने छ ।

त्यस्तै चन्दननाथ बहुउद्देश्य सहकारी सस्थाका प्रबन्धक ऋषि राम पाण्डेले सहकारीका सेयर सदस्य लाइ आर्थिक रुपमा बलियो बनाउन बिभिन्ना खालका क्रियाकलाप गरेको बताउनु भयो । उहाले भन्नुभयो अहिले करिब १५सय भन्दा बढी सेयर सदस्य छ । सहकारीले जिल्लामा नमुना काम गर्न र आम्दानी बढायर सेयर सदस्य लाई रोजगारीको ब्यवस्था गर्न कर्णाली प्रदेशको राजधानी सुर्खेत र जुम्लामा आफ्नै अगार्निक पसल संञ्चालनमा ल्याएको छ ।

त्यस्तै चन्दननाथ सहकारी सस्थाका कार्यबाहक अध्यक्ष पुर्ण प्रसाद धितालले भन्नुभयो, सहकारीले संञ्चालन गरेको अगार्निक पसलले जुम्लाको उत्पादनलाई ब्यजारी करणको लागी सहज हुने बताउनु भएको छ । उहाले भन्नुभयो , जुम्ला गार्निक जिल्ला भएकाले बिषाद्धी रहित बस्तु खरिद गर्ने बताउनु भयो । चन्दननाथ सहकारीले जुम्लाकोउत्पादित बस्तु खरिद गर्दा बिचौलिया बाट किसान मुक्त हुने आशा पलाएको छ ।

 

 

सम्बन्धित समाचार