अनसनरत डा. केसीलाई प्रतिष्ठानमा ल्याइयो ।

दिलमाया शाही
गत्त भदौ २९ गते देखी अनसनरत डा. गोविन्द केसीलाई शनिबार राती कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पताल ल्याइको छ । डा. केसीलाई शनिबार राती जिल्ला प्रहरी कार्यालय जुम्लाको प्रहरी निरीक्षक नेतृत्वको टोलीले शनिबार राती साढे १० बजे तिर उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको डा. केसीका सहयोगी स्थानीय तथा युवा महेन्द्र कार्कीले बताए। उनले भने ’राती म घर गएको थिएँ । प्रहरी आएर जबरजस्ती लगेछन, ।

कार्कीका अनुसार डा. केसीको नियमित स्वास्थ्य निगरानी गरिरहेका चिकित्सकले शनिबार दिउँसो अस्पताल लैजानुपर्ने सुझाव दिएका थिए। तर डाक्टर केसीले अस्पताल जान मानेका थिएनन् । डा. केसी जुम्ला सदरमुकामबाट केही पर एकान्तमा रहेको बाबिरा मष्टोको मन्दिरमा ७ दिनदेखि अनसनरत थिए । डा. केसीको मागमा समर्थन गर्दै जुम्लाका युवाहरुले शनिवार साँझ दीप प्रज्वलनदेखि हस्ताक्षर कार्यक्रम गरेका छन् । डा. केसीको निगरानी गर्न चारजना चिकित्सकको टोली खटाइएको प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले बताए । उनकाअनुसार प्रतिष्ठानमा लगिएका केसीले स्लाइन लिन र पेसर चेकजाँच गर्न पनि मानेका छैनन् । उनको स्वास्थ्य अवस्था भने बिग्रदै गएको छ ।

सम्बन्धित समाचार