डा. केसीको समर्थनमा एक्यवद्धता जनाउदै जुम्ला बजारको कृष्र्ण मन्दिरमा दिपप्रज्वलन

दिलमाया शाही जुम्ला
चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा ६ दिनदेखि अनसनरत डा. गोविन्द केसीको समर्थनमा एक्यवद्धता जनाउदै जुम्लामा दिपप्रज्वलन गरिएको छ। जिल्ला सदरमुकाम खलंगाको कृष्ण मन्दिर नजिकै जुम्लाका युवा, नागरिक समाज डा. केसीका समर्थक तथा शुभचिन्तकले उहाको स्वास्थ्यलाभको कामना गर्दै दिप प्रज्वलन गरेका हुन ्।सडकमा ‘हामी गोविन्द केसीको समर्थक’ लेखेर दिपप्रज्वलन गरेका हुन्। नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले भन्नुभयो डा. केसीलाई तत्काल अस्पताल लैजान माग गर्नु भएको छ । उहाले भन्नुभयो ,‘डा. केसीको स्वास्थ्य अवस्था चिन्ताजनक छ ।

दिनानुदिन स्वास्थ्य विग्रदै गइरहेको छ। सरकार संवेदनशिल बनिरहेको छैन। यो जतिको सरकारी गैरजिम्मेवारी अरु केहुन सक्छ । डा. केसीको स्वास्थ्य सुधारका लागि सरकारलाई दिप्रज्वलन गरेर दवाव सिर्जना गरिरहेको नागरिक समाज जुम्लाले जनाएको छ। डा. साप जनताको स्वास्थ्य अधिकारका लागि लडिरहेका छन्। सरकार जनताको माग प्रति उदासिन छ। जुम्ला ’जिल्लास्थित युवा क्लव, सर्वसाधारण सबैले डा. केसीको सत्याग्रहमा समर्थन जनाएका छन्। डा. केसीको सहयोगी महेन्द्रबहादुर कार्कीका अनुसार सत्याग्रह स्थलमा पनि समर्थकहरुको निकै भिड लाग्ने गरेको छ । युवा नेता तथा समाजसेवी लक्ष्मण शाहीले भन्नु भयो डा. केसीले सर्वसाधारण प्रति गरेको सेवा निकै अनुकरणीय रहेको छ ।

सम्बन्धित समाचार