संविधान दिवसको अवसरमा स्वास्थ्यकर्मीलाई सम्मान

 

दिलमाया शाही जुम्ला
नेपालको संविधान जारी भएको आज पाँच वर्ष पूरा भएको छ । संविधान दिवसको अवसरमा चन्दननाथ नगरपालिका जुम्लाले स्वास्थ्यकर्मीलाइ सम्मान गरेको छ । कोरोना भाइरस नियन्त्राण तथा रोकथामका लागी अहोरात्र खटीएका स्वास्थ्य कर्मी र नगरपालिकाका कर्मचारीलाई सम्मान गरिएको हो । सम्मान पाउनेमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका अस्पताल निर्देसक डाक्टर मंगल रावल , रजिष्टार बिश्वराज काफ्ले डाक्टर धिरज गुरुङ रहेका छन । त्यस्तै जनस्वाथ्य सेवा कार्यालयका जनस्वास्थ्य सेवा निरिक्षक प्रेम सोमाई ,आयुवेद डाक्टर प्रतिभा शर्मा ,चन्दननाथ नगरपालिकाका स्वाथ्य शाखाका जनस्वास्थ्य निरिक्षक क्षेत्रबहादुर महत लगायतका १४ जना स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ। सम्मन कार्यक्रम बोल्दै, चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खडानन्द चौलागाइले संविधानले परिकल्पना गरेको कतिपय कानुन निर्माण भए पनि नागरिकले अपनत्व गर्ने गरी कार्यान्वयन नभएको बताउनु भयो ।उहाले भन्नुभयो कतिपय कानुन अनुसारका संरचना नै निर्माण भएका छैनन् ।

दुुई दशकपछि स्थानीय तहमा निर्वाचन भयो । सङ्घीयता कार्यान्वयनका लागि सङ्घ र प्रदेशका निर्वाचन सम्पन्न भए ।वैधानिक रूपमा संविधानले परिकल्पना गरे अनुसारको सङ्घीय, व्यवस्था कार्यान्वयनमा आयो ।मौलिक हकका कानुन तीन वर्षको अवधिमा तर्जुमा भएका छन् उहाले भन्नुभयो । त्यस्तै नगरपालिकका मेयर कान्तिका सेजुवाले आधारभूत नागरिक अधिकार नागरिकताको विवाद पनि अहिलेसम्म सम्बोधन भएको छैन ।मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अगाडि बढाउनुपर्ने महान् दायित्व हाम्रो काँधमा आएको बताउनुभएको छ ।उहाँले जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्ष चरण सम्पन्न भएकाले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित हुन सबै लाई सबै आग्रह गनु्र्र भएको छ ।त्यस्तै समन्वय समितका कार्यबाहक प्रमुख कार्मा बुढाले भई आ–आफ्नो तर्फबाट इमानदार प्रयास जारी राख्न सबैमा आह्वान पनि गर्नुभएको छ  । उहाले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानपछि पाँच वर्षअघि आजकै दिन जननिर्वाचित संविधान सभाद्वारा नेपालको संविधान जारी भएको बताउनु भयो ।।