डा. केसीद्धारा केही दिनका लागी अनसन स्थागित ,

जुम्ला ः चिकित्सा शिक्षा सुधारका लागि आन्दोलनरत डा. गोविन्द केसीले केही समयका लागी आज बीने भनिएको अनसन स्थागित गर्नु भएको छ । यस अघि कोरोनाको महामारीमा तत्काल सत्याग्रह नबस्न जुम्लाबासीले आग्रह गरेका थिए । डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पूर्वाधार सहित डाक्टर पढाई लगाएतका मागहरु राख्दै जुम्लामा सत्याग्रह बस्ने भन्दै जुम्लामा आउनु भएको थियो । तर कोरोनाको प्रभाव अत्याधिक बढेपछि केही समयका लागि भन्दै अनसन स्थगित गरेका हुन् ।डा.केसीले एक प्रेस बिज्ञेप्ति निकालेर केही समयका लागि सत्याग्रह स्थागित गरेको जानकारी गर्नुभएको हो ।

‘बिज्ञेप्तिमा डा. केसीले भन्नु भएको छ ,।महामारी फैलिदै जादा जुम्लाबासीको विशेष आग्रहलाई मध्यनजर गर्दै सत्याग्रह कार्यक्रम केही समयका लागि स्थगन गरेका छौ ।’ यसैगरी सरकारले आफ्ना माग पुरा नगरेको खण्डमा कुनैपनि वेलामा सत्याग्रह गर्ने चेतावनी समेत दिनुभएको छ । डा. केसीले बिज्ञेप्ति मार्फत यस्तो जोखिम समयमा निरन्तर खटेर स्वास्थ्य सेवा दिईरहेका सरकारी र निजी क्षेत्रका सवै स्वास्थ्यकर्मीहरुलाई नियमिति सेवा सुविधाका साथै जोखिम भत्ता दिलाउन सरकारलाई ध्यानाकर्षण गरिएको छ ।