जुम्ला बजारमा रहस्यमय आगलागी ,

दिलमाया शाही
जुम्लाको चन्दननाथ नगरपालिका वडा ५मा रहेको एक घरमा आग्लागी भएको छ । जुम्लाको मुख्य बजारमा रहेको अधिवक्ता  देवेन्द्र शर्मामाको घरमा आग्लागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यहि भदौ १७ गते देखी जुम्लामा निषेधाज्ञा जारी छ । पसल नखोलेको पनि २ दिन भएको छ ।घरमा न कोहि मान्छे बस्छ न बत्ती नै छ । रहस्यमय आगलागी भएको अबस्था छ । तर बजारमा हुन सक्ने ठुलो क्षेति बाट जोगियो तर पसल,गोदामको समान र घरमा ठुलो क्षेती भएको छ । तिनदिनदेखी बत्ती पनि नआएको र कोही नबस्ने घरमा आगलागी भएको छ ,।तर शुक्रबार बिहान ३ बजेर ५५मिनेटमा अधिवक्ता शर्माको घरमा आग्लागी भएको हो ।

नेपाली सेना नेपाल ससस्त्रप्रहरी नगरपालिकाको दमाकलको सक्रियतामा बिहना ६ बजे तिर आगो नियन्त्रणमा लिएको हो ।आगलागीबाट उक्त घरभाडामा लिएर ब्यवसायिक गरेर बसेका आस्था जनरल स्टोर भिम भण्डारीको ,गोदाम राखीएको पसलको सामान र घरमालिकको लक्ता कपडा लगायतको सामान जलेर क्षेति भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरिक्षक लालबहादुर धामीले बताउनु भयो ।उहाका अनुसार आग्लागी बाट अनुमाननित ३३ लाख बराबरको क्षेति भएको छ । आग्लागी कसरी भए भन्ने बारेमा अनुसन्धान भइरहेको साहयक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताउनु भयो ।अधिवक्ता शर्माको तिन तलाको घरमा आग्लागीबाट क्षेती पुगेको छ । जुम्लामा सबै भन्दा आग्लागीका घटना हुने गरेका छन ।