कालिकोटमा पहिरोले तिन घर पुरिदा एक जनाको मृत्यु ।
दिलमाया शाही
कालिकोटको जिल्लाको तिलागुफा नगरपालिका–१ को नाग्म बजारमा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ। भने दुई जनाको प्रहरीले उद्दार गरेको छ । आइतबार विहान साढे सात बजेतिर ३० मिटर माथिबाट आएको पहिरोले ३ घर पुरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। ‘दुई जनाको जिवितै उद्दार गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको लागी ल्याइएको छ । ’ जुम्लाका प्रहरी नायवउपरिक्षक लालबहादुर धामीका आनुसार , एक जना मृत भेटिएका छन्। प्रहरीका अनुसार पाँच वर्षीय निराजन शाही मृत फेला परेका हुन्। पहिरोले घर पुर्दा कति जना बेपत्ता भए भन्ने खुलेको छैन्। स्थानीयका अनुसार पहिरोले पुरिएका घरमा विहानको खाजा र चिया पिउनका लागि ग्राहकहरु पनि आएका थिए। घटनास्थलमा कालिकोट र जुम्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुले उद्दारका लागी खटीएका छन ।








