गत्त वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा ५० प्रतिशत गिरावट ।

दिलमाया शाही
जुम्लाको अर्गानिक स्याउमा गत्त वर्षको तुलनामा यस वर्षमा उत्पादनमा गिरावट आउने भएको छ । स्याउको फूल फुलेर र दाना लाग्ने समयमा तुषारोले खाएपछि यो वर्ष ५० प्रतिशतमा गिरावट आउने किर्षि बिज्ञहरुले अनुमान गरेका छन । यस वर्षको उत्पादनमा कमी आउने भएपछि स्याउ किसानको आम्दानी घट्ने हुदा उनिहरुले चिन्तित भएका छन । चन्दननाथ नगरपालिका–१ का लक्ष्मी भण्डारीलाई गत वर्ष आफ्नौ बगौंचामा स्याउ टिप्न र बेच्न भ्याइनभ्याइ भएको थियो । उनको “यो वर्ष बगौंचामा स्याउ नफले पछि आम्दानी घटेको छ ।
गत वर्ष १२ हजार मेट्रिक टन स्याउ फलेको जुम्लामा यो वर्ष उत्पादनमा ५० प्रतिशत कमी आउने अनुमान गरिएको स्याउ सुपोरजुन कार्यालयले जनाएको छ ।

त्यस्तै कृषि विकास कार्यालयका अनुसार जुम्लामा १६ हजार घरपरिवारले स्याउ खेती गर्दै आएका छन् । किसान भन्छन स्याउ रोपेको जमिनमा अन्य अन्न उत्पादन हुँदैन ।यस पटक न किसान सँग स्याउ छ, न त खाने अन्न , यस वर्षको असिना पानी, खडेरी र कालो तुषारोले स्याउ सखाप पारेको हो । यो वर्ष स्याउ प्रतिकेजी रु ४०र५० मा बिक्री भइरहेको छ ।

किसानले यसअघि प्रतिकेजी ३५ खरिदबिक्री गर्दै आएका थिए । यहाँको स्याउ देशका मुख्य सहरमा पठाउने समयमा निषेधाज्ञाले समस्या उत्पन्न गरेको स्थानीयवासी नर रावतले बताए । उनले भने कोरोना भाइरसले गर्दा यो वर्ष जुम्ला सदरमुकाम खलङ्गामा डोकोमा स्याउ बेच्न आउने किसानको घुइँचो देखिएको छैन् । स्याउ उत्पादन घट्नु र कोरोना भाइरस रोकथामका लागि जारी निषेधाज्ञा नै यसको प्रमुख कारण भएको स्थानीवासीको भनाइ छ ।जुम्लाको कूल खेतीयोग्य ३९ हजार ४ सय ३५ हेक्टर जग्गा मध्ये तीन हजार ७ सय हेक्टरमा स्याउ खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।