जुम्लामा पाँच महिनाको अबधिमा १ सय ५५ जना संक्रमित, ७७ जना स्वस्थ

दिलमाया शाही
जुम्लामा पाँच महिनाको अवधिमा एक सय ५५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पाँच महिनाको समय अवधिमा ७ हजार ६ सय २८ जनाको स्वाब परीक्षण गर्दा एक सय ५५ जना संक्रमित भेटीएका हुन । जुम्लाको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानले चैत दोस्रो सातादेखि कोरोना भाइरस परीक्षण गर्न थालेको थियो । कोरोना भाइरस संक्रमण पुष्टि भएका मध्ये ७७ जना संक्रमित निको भएर घर फिर्ता भएका छन् भने ७८ जना सक्रिय संक्रमित रहेको प्रतिष्ठानले बताएको छ ।

जुम्लामा कोरोना संक्रमण बढ्दै गएको छ । हिमा गाउँपालिकाका दुई सामुदायिक विद्यालयमा निर्माण गरिएका आइसोलेसनमा ४८ जना सक्रिय संक्रमित बसेका छन् । त्यसैगरी गुठीचौर गाउँपालिकाको आइसोलेसनमा एक जना, कनकासुन्दरी गाउँपालिकाको आइसोलेसनमा एक र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसोलेसनमा २६ जना गरी ७८ जना सक्रिय संक्रमित रहेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।‘ जुम्ला सबै स्थानीय तहले ५० बेडका आइसोलेसन बनाएका छन् । लक्षण नदेखिएका संक्रमितलाई स्थानीय तहको आइसोलेसनमा राख्ने र लक्षण देखिए पछि मात्रै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा ल्याएर उपचार गर्ने तयारी गरिएको हो ।’

सम्बन्धित समाचार