बहुविवाहका फरार अभियुक्त प्रहरीको नियन्त्रणमा

जुम्ला । जुम्लामा बहुविवाहका फरार अभियुक्त प्रकाउ परेका छन । जिल्ला प्रहरी कार्यालय जुम्लाले १ बहुविवाहका फरार अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सोमबार दिउँसो साढे १ बजेतिर नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले बताए।
उनका अनुसार चन्दननाथ नगरपालिका–१ ठिन्के भने ठाउँबाट सादा पोसाकमा खटिएको प्रहरीले पक्राउ गरेको छ । प्रहरी सहायक निरिक्षक कुलबहादुर रोकायाको नेतृत्वमा खटाएको टोलीले पक्राउ गरेको हो।

बहुविवाह मुद्दाका फरार अभियुक्त जुम्लाको पातारासी (६ का लक्ष्मी विष्ट रहेको प्रहरीले जनाएको छ। उनलाई जिल्ला अदालत जुम्लाले २०७८।१२।११ गतेको फैसलाले १० हजार ९दश हजार० जरिवाना र १० महिना २८ दिन कैद सजाय सुनाएको थियो। ठिन्केबाट पक्राउ गरी बहुविवाह मुद्दाका फरार अभियुक्त जुम्लाको पातारासी (६ का लक्ष्मी विष्टलाई जिल्ला अदालत जुम्लामा पेश गरिएको छ।

सम्बन्धित समाचार