भ्रमक अफवाह फैलाई कर्णालीका सर्वसाधारणले दुख पाए : प्रजिअ केशरी

जुम्ला ः भ्रमक अफवाह फैलाई कर्णालीका सर्वसाधारणले दुख पाएको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले बताए । कर्णाली प्रदेशको हुम्ला ,जुम्ला , मुगु ,जारकोट र बाजुरामा भूकम्प आउने भ्रामक अफवाह फैलाईको हो । भूकम्प आउँदैछ भन्ने हल्ला चलाएपछि कठ्यांग्रिदो चिसोमा मानिसहरू बाहिर बसेका तस्विर सामाजिक संञ्चालमा छ्याप्छ्याप्ती भएका थिए ।
प्रजिअ केशरीका अनुसार विभिन्न स्थानहरूमा भुकम्प जादै छ भन्ने भ्रामक अफवाह फैलाई सर्वसाधारणलाई दुख दिने र जनजिवनलाई प्रभावित गर्ने काम प्रति यस जिल्ला प्रशासन कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ ।

जुम्ला प्रशासनले एक बिज्ञप्ती जारी गर्दै नेपाल भुकम्पको दृष्टिले जोखिमयुक्त देश भएपनि यो विपद् अन्य विपद् जस्तो घण्टौ अगाडी पूर्वानुमान गर्न सक्ने किसिमको विपद् नभएको उल्लेख गरिएको छ । । यस किसिमको भ्रममा नपर्नको लागि जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण सर्वसाधारण नागरिकमा बिज्ञप्ती मार्फत अनुरोध गरिएको छ । प्रशासनले यस किसिमका घटनाको आडमा अन्य अपराधिक घटना हुन सक्ने सम्भावना समेत रआँकलन गरेको छ ।

भ्रामक अफवाह्य फैलाई सर्वसाधरणमा त्रास उत्पन्न गराउने व्यक्ति÷समुह माथि छानविन तथा अनुसन्धान कार्य भईरहेको जुम्लाका प्रहरी नयाव उपरिक्षक नरेन्द्र चन्दले बताए । उनका अनुसार कुनै विपद्को घटना घट्न सक्ने अफवाह फैलाई सार्वजनिक रूपमा त्रास सृजना गरेमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २४ (२) बमोजिम एक लाख रूपैया सम्म जरिवाना वा ६ महिना सम्म कैद वा दुवै सजाय हुने व्यहोरा समेत जानकारीको लागि अनुरोध छ । महिला, बालबालिका तथा वृद्धवृद्धा बढी त्रासमा परेका थिए । भूकम्प आउने हल्ला चलेपछि जुम्ला,मुगु जाजरकोट र बाजुराका बासिन्दा रातभर बाहिर बसेका छन् ।

सम्बन्धित समाचार