रवि लामिछानेले नेपाली नागरिकता लिनुअघि अमेरिकी नागरिकता त्याग्नु पर्छ

काठमाडौं । नागरिकता विवादमा शुक्रबारको सर्वोच्च अदालतले रवी लामिछानेको विपक्षमा फैसला दिएको छ । अब उनले कसरी र कहिले नेपाली नागरिकता प्राप्त गर्छन् ? नेपाली नागिरकता प्राप्त गर्न के के प्रक्रिया पुरा गर्नुपर्छ ?

लामिछानेले अमेरिकी नागरिकता त्याग गरेको बताइरहेका थिए । त्यसक्रममा उनले त्यागका लागि आवश्यक दस्तुर बुझाएको बताइरहेका थिए । त्यसका लागि सन् २०१८ मा २ हजार ३ सय ५० अमेरिकी डलर तिरेको रसिद नै सार्वजनिक गरेका थिए ।

अमेरिकी कानुनअनुसार अमेरिकी नागरिता त्याग गर्न चाहने व्यक्तिले आफू रहेको देशस्थित अमेरिकी दूतावासमा निवेदन दिन सक्ने व्यवस्था रहेको छ । त्यही प्रावधानअनुसार लामिछानेले काठमाडौंस्थित अमेरिकी दूतावासमा नागरिकता त्यागसम्बन्धी निवेदन सन् २०१८ मा दिएका थिए । अर्थात, अमेरिकी कानुनअनुसार अमेरिकाको नागरिकता परित्याग गर्न चाहेको व्यक्तिले इमिग्रेसन एन्ड नेस्नालिटी एक्टको सेक्सन ३४९ (ए) (५) तथा ७ फरेन अफेयर्स म्यानुअल १२६० अनुसारको प्रक्रिया पूरा गरेको हुनुपर्छ ।

अमेरिकी कानुनअनुसार अमेरिकी नागरिकता त्याग गर्न चाहने व्यक्तिले अमेरिकी कानुनअनुसार विभिन्न प्रकारका फारम भर्नुपर्ने व्यवस्था गरेको छ । ती प्रक्रियागत फारम भरेपछि नागरिकता त्यागको शपथ लिनुपर्ने हुन्छ । अमेरिकी कानुनअनुसार अमेरिकाका आधिकारिक निकायका अधिकारीले नागरिकता त्याग गर्न चाहेका व्यक्तिलाई विभिन्न चरणमा अन्तर्वार्ता लिन्छन् । त्यतिमात्र होइन, नागरिकता त्याग्न चाहेको व्यक्तिलाई अमेरिकी अधिकारीले नागरिकता त्याग्दा आउन सक्ने संभावित समस्याको विषयमा जानकारी गराउने गर्छन् ।

अमेरिकाको नागरिकता त्याग गर्दा अमेरिकी अधिकरी समक्ष दुई जना साक्षीले हस्ताक्षर गर्नुपर्ने हुन्छ । त्यसक्रममा डीएस–४०८०, डीएस–४०८१, डीएस–४०७९ लगायतका फारम भरेर बुझाउनुपर्ने हुन्छ । सबै प्रक्रिया पूरा भएमात्रै अमेरिकी नागरिकता त्याग गरेको मानिने ‘७ एफएएम १२६०’ मा उल्लेख छ । त्यसपछि नागरिकता त्यागसम्बन्धी प्रक्रिया पूरा गरेपछि त्यस्तो व्यक्तिलाई प्रक्रियागत रूपमा भरिएका र हस्ताक्षर गरिएका सबै कागजात र नागरिकता त्याग गर्न दिएको निवेदन स्वीकृत भएको प्रमाणपत्र सम्बन्धित ठेगानामा पठाउने गरिन्छ ।

गरिकता त्यागसम्बनधी प्रक्रिया पूरा गर्नका लागि नागरिकता त्याग गर्न चाहेका व्यक्तिले तोकिएको रकम बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ । त्यसरी प्रक्रिया पुर्‍याएर नागरिकता त्याग गरेपछि अमेरिकी कानुनअनुसार दर्ता भएका अभियोग र करसम्बन्धी प्रावधानबाट भने नागरिकता त्याग गर्ने व्यक्तिले उन्मुक्ति नपाउने व्यवस्था अमेरिकाको कानुनी व्यवस्था रहेको छ ।

सम्बन्धित समाचार