काठमाडौं । नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलाबाट सांसदसहित सबै पद खारेज गरिदिएपछि रवि लामिछानेले आफू अनागरिक भएको प्रतिक्रिया दिएका छन् ।
गृह मन्त्रालयबाट बाहिरिने क्रममा उनले अनागरिकसँग कुनै प्रश्न नसोध्न आग्रह गरेका हुन् । उनले सर्वोच्चको आदेशपछि आफ्नो कुनै हैसियत नभएको बताएका छन् ।
उनले अदालतको आदेशलाई स्वागत गर्नेसमेत बताएका छन् । अदालतको आदेश आउनुअघिसम्म उपप्रधानमन्त्री तथा गृहमन्त्री रहेका लामिछाने सांसद हुन अयोग्य हुँदै सबै पद गुमाएर सिंहदरबारबाट बाहिरिएका छन् ।