काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विपक्षमा सर्वोच्च अदालतले आदेश दिएसंगै उनका सबै पदहरु गुमेका छन् ।
सर्वोच्चले उत्प्रेषणको आदेश दिँदै उनको सांसद , उपप्रधानमन्त्री तथा गृहमन्त्रीका साथै राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिको पदपनि गुमेको छ । सांसद नभएसँगै उनले को संसदीय दलको नेताको पद पनि गुमाएका छन् ।
उनले नेपाली नागरिकता पुनःप्राप्तिका लागि प्रक्रिया पूरा नगरेकाले उनी सांसदको उम्मेदवार हुन र सांसद निर्वाचित हुनेसम्म अयोग्य रहेको सर्वोच्चको संवैधानिक इजलासले आदेश दिएको छ ।
सर्वोच्चको आदेशसँगै चितवन २ मा उपनिर्वाचन हुने निश्चित भएको छ ।