छोटो समयमा राजनीतीमा उदाएका रविलाई सर्वोच्चको ब्रेक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष , उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सर्वोच्चको आदेशसँगै सांसद सहित सबै पद गुमेका छन् । टेलिभिजन प्रस्तोता हुँदै १ असार २०७९ मा ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएर राजनीतिमा आएका थिए ।

यहि २०७९ साल ७ असारमा काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित समारोहमा रविले घण्टी चुनाव चिह्न लिएर राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणा गरे । नयाँ पार्टी घोषणालगत्तै रवि देशदौडाहमा लागे । प्रदेशको चुनावमा भाग नलिने घोषणा गरेका उनले छोटो समयमै देशभर संगठन निर्माण गरे ।

प्रतिनिधिसभाको चुनावका लागि उम्मेदवार छान्न उनले अनलाइन आवेदन मागे । ४ मंसिरको चुनावअघि लामिछाने नेतृत्वको पार्टीले कति सिट ल्याउला भन्नेमा जनचासो निकै बढेको थियो । ठूला पार्टीका ठूला नेताहरू टेलिभिजनमा कराएजस्तो राजनीति सजिलो नहुने भन्दै रविलाई गिज्याइरहन्थे ।

रविले पार्टी गठन गरेको पाँच महिनामै भाग लिएको आम निर्वाचनमा प्रत्यक्षतर्फ सात र समानुपातिकमा १३ गरी प्रतिनिधिसभामा २० सिट जिते।

रवि नेतृत्वको पार्टीको यो सफलतालाई ठूला दलको लागि धक्का पनि बन्यो । टेलिभिजनमा कार्यक्रम चलाएर लोकप्रिय भएको रवि त्यही लोकप्रियताको जगमा जन्मेको राजनीतिक पार्टीलाई छोटो समयमै असाधारण सफलता मात्रै दिलाएन उनी ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बने ।

तर, उनले नेपाली नागरिकताको प्रमाणपत्र नलिएको प्रकरणमा दोषी ठहर भएसँगै सांसद पद गुमाउन पुगेका छन् ।

सम्बन्धित समाचार