सभामुखका उम्मेदवार घिमिरेको प्रस्तावक सुवास नेम्वाङ र समर्थक हितराज पाण्डे

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।

बुधबार दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरस्थित लोत्से हलमा पुगेर घिमिरेले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज पाण्डे बसेका छन् । यसअघि बुधबार बिहान एमालेले घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

सत्ता गठबन्धनका दलहरूबीच सभामुख एमाले र उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति भएको छ ।


error: Alert: Content is protected !!