काठमाडौं । कांग्रेसले सभामुखमा उम्मेदवारी दिएको छ । विपक्षी दलहरूको समर्थनमा कांग्रेसबाट ईश्वरी न्यौपनेले सभामुखको उम्मेदवारी दर्ता गरेकी छन् ।
उनको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहेका छन् ।
विपक्षी दलहरूको बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो । कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोसपाको समर्थनमा कांग्रेसले उम्मेदवारी दिन लागेको हो । यी दलहरूसँग १०२ सिट छ । उता सत्ता गठबन्धनबाट भने एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराइसकेका छन् । सत्ता गठबन्धनको स्पष्ट बहुमत छ ।