भुकम्प दिवसको पुर्व सन्ध्यामा शशस्त्र प्रहरी जुम्लाद्धारा टेवल टप एक्सरसाईज कार्यक्रम


जुम्ला ः शशस्त्र प्रहरीकले भूकम्प सुरक्षा सचेतनाका लागि टेवुल टप एक्सरसाईज कार्यक्रम गरेको छ ।शशस्त्र प्रहरी ३३ नम्बर त्रिपुणागण जुम्लाले २५औँ भुकम्प सुरक्षा दिवसको पुर्व सन्ध्यामा यस्तो कार्यक्रम गरेको हो । शशस्त्र प्रहरीले शुक्रबार सरोकारवाला निकायहरुको उपस्थितिमा टेवल टप एक्सरसाईज कार्यक्रम गरको हो । उक्त अवसरमा भुकम्प आईसकेपछिको अवस्थामा सरोकारवाला निकायले निभाउनु पर्ने भूमिकाको बिषयमा टेवुल अभ्यास गरिएको हो ।

शशस्त्र प्रहरीले टेवुल टप एक्सरसाईज गर्न ६ वटा समुह गठन गरेर छलफल गरिएको शशस्त्रका एसपि चित्रगङ्गत दाहालले बताए । उनका अनुसार  स्थानीय तहका प्रतिनिधि, सरकारी कार्यालय, सुरक्षा निकाय,नागरिक तथा पत्रकार, कर्णाली स्वास्थ्य विज्ञान प्रतिषठन तथा जनस्वास्थ्य कार्यालय र गैरसरकारी क्षेत्र नाम दिईएका समुहमा सरोकारवाला निकायले टेवुल टप एक्सरसाईज गरेर समुहगत छलफल सहित सचेतना गरिएको छ ।

उक्त कार्यक्रममा नमूनाको रुपमा भुकम्प आएको र सरोकारवाला निकाय परिचालन कसरी हुने भन्ने बिषयमा समुहगत छलफल गरि प्र्रस्तुत गरिएको छ । भुकम्प आएको अवस्थामा प्रहरी कसरी परिचालन हुन्छ भन्ने बिषयमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यमबहादुर बुढा मगर, नेपाली सेनाका उपसेनानी आदित्यजंग शाही, शशस्त्र प्रहरीबलका डिएसपी निरोज देवकोटा र राष्ट्रिय अनुसन्धान प्रमुख राजकुमार न्यौपानेले प्रस्तुतीकरण गरेका थिए ।

त्यस्तै भुकम्प गैइसकेपछि सरोकारवाला निकायको भूमिका के होला भन्ने बिषयमा स्वास्थ्य क्षेत्रले गर्ने कामको बिषयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका बरिष्ठ प्रशासकीय अधिकृत द्धोन्द्धबहादुर शाही, जनस्वाथ्य सेवाका अधिकृति प्रेस सुमाइ र सरकारी निकायको तर्फबाट सघन शहरी तथा भवन डिभिजन आयोजनामा सव ईन्जिनियर निवा देव, गैरसरकारी क्षेत्रबाट भकारी कार्यक्रममा संजिव श्रेष्ठ, नागरिक तथा पत्रकारको तर्फबाट नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले आ आफ्नो काम र भूमिकाका बिषयमा प्रस्तुतीकरण गरेका थिए ।माघ दुइ गते बिहाना आठ बजे जिल्ला प्रशासन अगाडी जम्मा भइर प्लेकार्ड सहित र्याली निकाल्ले कार्यक्रम रेहेको निमिक्त प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन । उनका अनुसार त्यसपछि बालमन्दिर अगाडी भुकम्प सुरक्षा सम्बन्धी ड्रेमा देखाउने कार्यक्रम रहेको छ ।

 

सम्बन्धित समाचार