जुम्लामा उद्योग दिवस :८ जना उद्यमीलाइ सम्मान

जुम्ला । जुम्लाका आठ उद्योमीलाई सम्मान गरिएको छ । आठौं राष्ट्रिय उद्योग दिवसको अवसरमा उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय जुम्लाले ८ जना उद्यमीलाई सम्मान गरेको हो । यो वर्षको नारा ओैद्योगिक लगानी र पुर्वाधार : सम्वृद्विको बलियो आधार भन्ने रहेको थियो ।
त्यस्तै उत्कृष्ट उद्यमीको रुपमा सम्मानित हुनेमा चन्दननाथ नगरपालिका वडा नम्बर ५ मा हिमालय गारमेन्ड उद्योग संचालन गर्दै आएकी अम्बिका श्रेष्ठ,तातोपानी गाउँपालिका वडामा नम्बर ५ मा रहेको सृष्टि एण्ड संसार फलफूल उत्पादन तथा प्रशोधन उद्योगका नारायणी चौलागाई,चन्दननाथ नगरपालिका ७ मा रहेको एपी डिस्ट्रिलरी प्रालिका प्रेम बहादुर महत, रहेका छन ।


त्यस्तै नगरपालिका ६ कै आरके स्याउ प्रशोधन तथा फलफूल डिस्ट्रिलरी उद्योगका रामकृष्ण चौलागाई, नगरपालिका २मा नवीन च्याउ उद्योग संञ्चालन गरेका लक्ष्मी बुढ्थापा,गुठिचौर गाउँपालिका ३ का सुर एण्ड सुप्पुना अर्गानिक होटलका संचालक चित्रबहादुर बुढा,गुठिचौर४ का कमल भैंसी पालन उद्योगका धर्मदत्त न्यौपाने र चन्दननाथ नगरपालिकाकै १० का हस्तना डेरी उद्योग संञ्चालन गरेकी हस्तना न्यौपानेलाई सम्मान गरिएको हो ।
त्यस्तै उनीहरुलाई कार्यक्रमका बिच ८ जना विभिन्न उद्योमीहरुलाई दोसल्ला ओडाएर कदरपत्रले सम्मान गरिएको कार्यालयका निमित्त प्रमुख श्रीकृष्ण देवकोटाले बताए ।उनले भने ,विगत लामो समय देखि उद्योग संचालन गर्दै आएकाहरुको मनोबल बढाउनका लागी सम्मान कार्यक्रम राखिएको हो ।
त्यस्तै कार्यक्रममा जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले उद्योगलाई रोजगार संग जोड्न आबश्यक रहेको छ । उनका अनुसार उद्योगको हकहित तथा विकासका सबै निकाय आ आफ्नो स्तरबाट लाग्नु पर्नमा जोड दिए । उनले भने,”उद्योग बाच्ने आधार हो राज्यको अर्थतन्त्र मजबुत उद्योग बाट हुन्छ । प्रजिअका केसरीका अनुसार उद्योगीलाई राज्यको लगानी ठुलो रहेको बताए । उनले तर लगानी सहिरुपमा परिचालन नहुनु दुखत पक्षहो ।उनले भने, जुम्लाको उद्योगशिलताका बिकास गर्न गुनासो होइन समन्वय र सहकार्य हुन जरुरी छ।

जुम्लामा ३ हजार ९ सय १० उद्योग दर्ता

त्यस्तै कार्यलय निमित्त प्रमुख श्रिकृष्ण देवकोटा अनुदानका लागि मात्रै उद्योग दर्ता हुने प्रचलन कायमै रहेको बताए । उनले हाल सम्म ३ हजार नौ सय १० उद्योग दर्ता छन्। सक्रिय २ हजार ८ सय उद्योग मात्रै रहेको पाइन्छ ।

त्यस्तै उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटाले उद्योमीहरु व्यावसायिक रुपमा अगाडि बढ्न नसकेको बताए । उनले अनुदानका लागी राज्यको लगानी पचाउने खेल खेल्नु राम्रो नभएको बताए । अनुदानका लागी दर्ता हुने उद्योग लाई सम्बन्धीत निकायले अनुगमन गरि कानुनी दायरामा ल्याउनु पर्नेमा जोड दिए ।

त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाहीले उद्योगले आर्थिक सम्वृद्विमा टेवा पुग्ने बताए।सरकारले निति निर्माण गर्दा उद्योगीहरुका आवश्यकताका आधारमा हुनुपर्नेमा सुझाब दिए । जुम्लाका उद्योम शिलतालाई मिडियासंग जोड्न अनुरो गरे । उनका अनुसार जुम्लामा थुप्रै उद्योग दर्ता छन्।संचालन मा छैनन् ।

उद्योग दर्ता हुनु ठुलो होइन।संचालन भएको नभएको अनुगमन हुन जरुरी छ । शाहीले उद्यमी लाई प्रोत्साहन हुने कार्यक्रम ल्याउनु पर्ने बताए । त्यस्तै उद्यमी नारायणी चौलागाईले बास्तबिक उद्योगमीले सरकारी अनुदान पाउन नसकेको बताइन । उनले दार्ता भयर संञ्चालनमा नआएका उद्योगहरुको अनुगमन प्रभावकारी हुन नसकेको बताइन । कर्णाली प्रदेशले उद्योग सम्बन्धि ऐन बनाएको तर निति नबेका कारण यहाको आबश्यकताको आधारमा कार्यक्रम नभएको पाइएको छ ।

सम्बन्धित समाचार