जुम्ला: लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्र्तगत पहिलो दिन तातोपानी गाउँपालिकाले प्रभातफेरी कार्यक्रम गरिएको छ ।सभ्यसमाजको पहिचान ,लैंगिक हिंसा विरुद्धको अभियान ’भन्ने मुल नाराका साथ शुक्रबारबाट लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
अभियानको क्रममा जिल्लामा महिला हिंसा,महिला अधिकार, बलात्कारका, बाल अधिकारका बारेमा विभिन्न कार्यक्रम गरिने भएको तातोपानी गाउपालिकाका उपाध्यक्ष रेवती रावलले बताइन ।उनले भनिन ,महिला तथा बालबालिका शाखाको आयोजनामा प्रभात फेरीर्याली निकालिएको छ ।
उनका अनुसार यो अभियानमा मात्रै नभइ महिला हिंसा,महिला सशक्तीकरणको लागी पालिकाले बिभिन्न सचेतनाका कार्यक्रमलाइ प्रथामिकता दिने बताइन ।त्यस्तै पातारासी गाउँपालिकाले पनि लैंगिक हिंसा विरुद्ध १६दिने अभियानको पहिलो दिनमा सचेताना मुलक कार्यक्र गरेको छ । महिला तथा बालबालिका शाखाकी भगवती गिरीले सेतो रिबन वितरण लगायतका कार्यक्रम गरेको बताइन । ,