भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापासँग हारे महेश बस्नेत

काठमाडौं । भक्तपुर २ बाट नेपाली कांग्रेसका दुर्लभ थापा विजयी भएका छन् । उनले एमाले नेता महेश बस्नेतलाई हराएका हुन् । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उनलाई नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले ९ सय ५० मतान्तरका साथ पराजित गरेका हुन् ।

निर्वाचित थापाले २४ हजार २ सय २० मत ल्याए भने दोस्रो भएका बस्नेतले २३ हजार २ सय ७० मत पाए । बस्नेत यसअघि भक्तपुर( २ बाटै चुनिएका थिए । तर यसपालि उनले यो क्षेत्र सुरक्षित गर्न सकेननन् ।

भक्तपुर क्षेत्र नम्बर २ ९क० मा एमालेका मोहनवीर श्रेष्ठ निर्वाचित भए । उनले कांग्रेसका सुरेश श्रेष्ठलाई ३ हजार १ सय ८५ मतले पराजित गरेका हुन् । मोहनवीरले १५ हजार १ सय १८ मत पाउँदा सुरेशले ११ हजार ९ सय ३३ मत पाए ।

सम्बन्धित समाचार