जुम्ला ः जुम्लामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको छ । जुम्लामा समानुपातिक तर्फ नेकपा माओबादी केन्द्रले ८९६० मत ल्याएको छ। मुख्य निर्वाचन कार्यालले आफ्नो वेबसाइटमा प्रविष्ट गरेको विवरण अनुसार माओबादी केन्द्रले ८९६० मत प्राप्त गरेको हो ।
नेपाली काँग्रेस पार्टी जुम्लाको हकमा १०४७७ रहेको छ।
नेकपा एमालेले जुम्लाबाट सामानुपाती तर्फ १०५४८मत कटाएको छ। त्यस्तै नेकपा एकीकृत समाजवादी पाटीले २६३७ मत ल्याएको छ। त्यस्तै नेमकिपा पाटीले २०७३ मत ल्याएको छ । त्यस्तै राप्रपाले ४२१४ मत ल्याएको छ । त्यस्तै , राष्ट्रिय स्वतन्त्र पाटीले ८८४ ल्याएको छ । जुम्मा मत ६८ हजार ६ सय ६८ रहेको थियो । जसमा खसेको जम्मा मत ४५,२८४ रहेको थियो ।