काठमाडौं । जाजरकोटबाट नेकपा माओवादी केन्द्रका सचिव शक्तिबहादुर बस्नेत निर्वाचित भएका छन् । बस्नेतले ३४ हजार १५१ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका आचार्यले २५ हजार १२० मत पाए ।
एमालेका निरज आचार्यलाई पराजित गर्दै माओवादी केन्द्रका बस्नेत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । माओवादी केन्द्रका बस्नेतको यो लगातार तेस्रो जित हो ।
बस्नेत २०७० र २०७४ को निर्वाचनमा जाजरकोटबाटै निर्वाचित भएका थिए ।